Subscribe Us

गौशालाबाट नगदसहित ३ हुण्डी कारोबारी पक्राउ


काठमाडौं । राजधानीको गौशालाबाट करीब ३५ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले गौशालास्थित गणेशस्थानबाट ३४ लाख ८९ हजार ३०० रुपैयाँसहित तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोलुखुम्बुका सुलिन राई, अर्जुन राई र सुनसरीका जगत खड्का रहेको महानगरीय प्रहरी बृत्त गौशालाका डीएसपी सुनील मल्लले जानकारी दिए । 

अवैध हुण्डीको कारोबार हुने गरेको गोप्य सुचनाको आधारमा डीएसपी मल्लकै नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Post a Comment

0 Comments