Subscribe Us

कपिलवस्तुबाट ६६ मेट्रिक टन युरिया मल बरामद


कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शङ्कास्पद ६६ मेट्रिक टन युरिया मल बरामद गरिएको छ । कपिलपस्तुको शिवराज नगरपालिका वडा नं ७ मा रहेको जय अम्बे प्लाइउड इण्डट्रिज रुद्रपुर र पशुपती प्लाइउड इण्डट्रिज कम्पनी लोहरौलाबाट ठूलो मात्रामा युरिया मल नियन्त्रण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विभिन्न सुराकीका आधारमा दुई हजार ६४० बोरा मल नियन्त्रणमा लिएको हो । चार सय ४० बोरा मल कम्पनीमै सिल गरिएको छ भने अन्य मल कन्टेनरसहित प्रशासनको नियन्त्रणमा रहेको छ । चीनमा उत्पादन भएको युरिया मल प्लाइउड कम्पनीले भारतको कालकता बन्दरगाह हुँदै भैरहवा भन्सार कार्यालयमार्फत नेपाल प्रवेश गरेको थियो ।
शनिबार कम्पनीमा मल पुगेपछि प्रशासनले कन्टेनरसहित नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिए । युरिया मल आज कम्पनीमा पुगेपछि जिल्ला प्रशासन कार्यालय तौलिहवाको निर्देशनमा इलाका प्रशासन कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको उनले बताए ।
युरिया मल औद्योगिक प्रयोजनका लागि हो कि कृषि प्रयोजनको हो भन्ने विषयमा यकिन नभएकाले नियन्त्रणमा लिएको प्रजिअ पोखरेलले बताए । किसानले समयमा मल नपाउँदा चिन्तित भएका बेला उद्योगमा भारीमात्रमा मल भेटिनुमा समेत शङ्का गरिएको छ । कपिलवस्तु किसान सङ्घका अध्यक्ष अनुपकुमार चौधरी भन्छन् हामीले मलका लागि भौतारिरहेका छाँै तर कम्पनीमा ६६ टन युरिया मल कहाँबाट आयो, यो सोचनीय विषय भएको छ ।जय अम्बे प्लाइउड इण्डट्रिजका सञ्चालक मनोज कनोडिया र पशुपति प्लाइउड इण्डट्रिजका सञ्चालक अशोककुमार अग्रवाल सम्पर्क नरहेको पाइएको छ ।

Post a Comment

0 Comments