Subscribe Us

कोर्ट म्यारिज गरी अष्ट्रेलिया लैजाने भन्दै ठग्ने महिलासहित २ पक्राउ


काठमाडौं । महानगरीय अपराध महाशाखाले राजधानीको पुरानो बानेश्वरबाट अष्ट्रेलिया लैजाने भन्दै ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । उनले आफू अष्ट्रेलियाको पिआर होल्डर भएको भन्दै डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया लैजाने भन्दै ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार सुनसरी स्थायी घर भएकी नयाँबानेश्वर बस्ने रेजिना अधिकारी पक्राउ परेकी हुन् । उनले आफू पिआर होल्डर भएको र आफूसँग कोर्ट म्यारिज गरेमा अष्ट्रेलिया जान सकिने बताउँदै ठगी गर्ने गरेको बताइएको छ । गोकर्णेश्‍वर नगरपालिका४ माकलवारीका अमित श्रेष्ठसँग कोर्ट म्यारिज समेत गरी चार लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा अधिकारीलाई पक्राउ गरिएको एसएसपी थापाले बताए ।
अधिकारीले कोर्टम्यारिज गरेपछि पैसा लिएकी थिइन्, त्यसपछि पैसा लिएर सम्पर्कविहिन भएपछि श्रेष्ठको उजुरीको आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले मध्यबानेश्‍वरमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।
अधिकारीले चाँगुनारायण३ भक्तपुर बस्ने सागर धमलासमेतलाई सोही प्रयोजन र शैली प्रयोग गरी १३ लाख ४७ हजार ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । तर, अधिकारीलाई एशियन ईन्टरनेशनल कन्सल्टेन्सी बाँसबरीका एकेडेमिक डाईरेक्टर गणेश भन्ने अरविन स्याङ्वोले प्रयोग गरिरहेको खुल्न आएको पनि प्रहरीले जनाएको छ । कमलामाई२ सिन्धुलीका स्याङ्वोलाई पनि राजधानीबाटै पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

Post a Comment

0 Comments