Subscribe Us

के चाहन्छन् प्रचण्ड प्रधानमन्त्री कि अध्यक्ष ?


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले जिल्ला तहको नेतृत्व टुंग्याएको केही समयपछि नै तल्लो तहको कमिटिलाई सम्मेलन गरेर फ्रेस नेतृत्व ल्याउने सोच बनाएको छ । सो पार्टीले आगामी एक वर्षभित्रे महाधिवेशन गर्ने घोषणा गरेको छ । पार्टीभित्र सांगठनिक एकता प्रक्रियालाई टुंगो लगाएलगत्तै ६ महिनाभित्र सम्मेलन सम्पन्न गरेर एक वर्षभित्र महाधिवेशन गर्ने घोषणा गरेको हो । तर सबै संगठित सदस्यहरूको लगत संकलनमै ६ महिना भन्दा बढी समय लाग्ने अवस्थामा यति छिटै सम्मेलन गर्न नसक्ने अवस्था रहेको नेताहरूको दावी छ ।

पार्टीले महाधिवेशन गर्ने घोषणा गरे पनि मिति भने तय गरेको छैन । गत जेठ ३ गते पार्टी एकीकरण कार्यक्रममा तीन महिनाभित्र पार्टीको सांगठनिक एकताको काम सम्पन्न गर्ने बताइएको थियो । तर पार्टी ११ महिनासम्म आन्तरिक किचलोमा रुमलिएको थियो ।

पार्टी एकता भएको लामो समयपछि कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपाले ७७ जिल्लाका जिल्ला कमिटिका अध्यक्ष र सचिवको नाम सार्वजनिक गरेको छ । विगतमा एमाले र माओवादी केन्द्रबाट जिल्लाको अध्यक्षको जिम्मेवारी लिएकाहरूलाई नै पार्टीले अध्यक्ष र सचिव बनाएको छ । पार्टीले दोहोरो जिम्मेवारी नदिने मापदण्ड बनाए पनि विवादको गाँठो फुकाउन भागवण्डाअनुसार अध्यक्ष र सचिवको टुंगो लगाएको हो । अझै पोलिटव्यूरो गठन तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन लगायतका धेरै काम बाँकी रहे पनि महाधिवेशन पार्टीका ठूला नेतालाई हतार लागेको छ । पार्टी अध्यक्ष प्रचण्डले भने यो विषयलाई कार्यकर्ताहरूको बीचमा सम्बोधन गर्दा प्राथमिकतासाथ उठाउन थालेका छन् । 

जिल्ला नेतृत्व घोषणा गरेकै दिन पनि प्रचण्डले एक बर्षभित्र महाधिवेशन गरिसक्ने विषय प्राथमिकताका साथ उठाएका थिए । त्यसयताका सबैजसो कार्यक्रममा प्रचण्डले यसलाई प्राथमिकतामा राखेका छन् । तर पूर्व एमाले समूहले भने यसलाई प्रचण्डको राजनीतिक चलाखी भन्दै निको मानेका छैनन् । उनीहरूले प्रधानमन्त्री र पार्टी अध्यक्ष मध्य एक पदलाई बार्गे्निङ गर्ने टुलका रुपमा पार्टीको महाधिवेशनलाई लिएका छन् । 

कार्लमाक्र्सको २ सय एक औ जन्मदिवसको दिन पनि प्रचण्डले सम्बोधन गरेर एक बर्षभित्र जिल्ला अधिवेशन त्यसपछि पार्टीको महाधिवेशन गर्ने बताएका थिए । त्यसबेला सांकेतिक रुपमा आफू जंगल जान समेत तयार रहेको बताएर तरंग नै ल्याए । यसका पछाडि धेरै कारण रहेका छन् । उनी अबको महाधिवेशनपछि एकिकृत पार्टीको निर्वाचित अध्यक्ष बन्न चाहन्छ । उनको यो चाहना निकै उत्कट भैसकेको जानकारहरूको दावी छ । 

त्यसैगरी पार्टी अध्यक्ष भएपछि चार वर्षभित्र चुनावी सरकारको नेतृत्व गर्ने उनको चाहना छ । त्यो चाहना पूरा गर्न एकिकृत पार्टीभित्रै पनि धम्कीको भाषा प्रयोग गर्न थालेको बताइन्छ । नेकपाकै केन्द्रीय सदस्य एवं ईश्वर पोखरेलका अघोषित राजनीतिक सल्लाहकार सूर्य थापाले त सामाजिक सञ्जालमै प्रचण्डको विरोध गर्न भ्याएका थिए । जसका कारण पक्ष र विपक्षमा धेरै बहस भएको थियो । 

पार्टी एकताको सुरुदेखि नै विपक्षमा उभिएका ईश्वर पोखरेल निकटकै केन्द्रीय सदस्यबाट सामाजिक सञ्जालमा प्रचण्डविरुद्ध अभिव्यक्ति आएपछि त्यसको हिसाव राख्न प्रचण्डले आफू निकटकालाई निर्देशन दिइसकेका छन् । एकता पछिको एक समय पोखरेल स्वंयमले अध्यक्ष प्रचण्डलाई जंगलीसम्म भन्न बाँकी राखेका थिएनन् । 

पोखरेल सरकारमै भए पनि भित्रभित्र आफ्ना गुटकालाई भेट्ने र प्रधानमन्त्री ओलीको आलोचना गर्ने काम पनि उनले छाडेका छैनन् । आफू निकटस्थहरूसँग ओलीलाई पनि अयोग्य भनिरहेका छन् भने बाहिर केपी ओलीको कानमा बन्दुक राखेर पड्काएर चाकडी गर्न पनि छाडेका छैनन् । यो मेसोमा प्रचण्डलाई पनि मौका पाएको बेला आफू र निकटकाबाट बेला बेलामा छिड्की हानिरहेकै हुन्छन् । 

अहिले पनि प्रचण्डले जुन टिप्पणी सार्वजानिक गरेका छन् त्यो नेताहरूबीचका सामान्य विवादमा फेसो हालेर विवादलाई तन्काउने, नेताहरूमा फाटो ल्याउने र तरमार्ने प्रयासका रूपमा पोखरेल लागेका छन् । तर पोखरेललाई प्रचण्डले मन नपराउने भएपछि त्यसको विकल्पमा विष्णु पौडेल आइपुगेका हुन् । प्रचण्ड पौडेललाई बोकेर अघि बढ्न चाहन्छन् । 


Post a Comment

0 Comments