Subscribe Us

राजा वीरेन्द्र र परिवारको हत्या कसले गरेको थियो ?


  • इन्सास राइफल बेच्न नपाउँदा भारतीय गान्धी प्रशासनले नाकाबन्दी लगाएको थियो
  • बिजेपी प्रशासन बाजपेयीले सम्हालेपछि दरबारसँग सम्बन्ध बौरिएको थियो
  • तत्कालिन अधिराजकुमार ज्ञानेन्द्र चहान्थेसक्रिय राजतन्त्र हुनुपर्छ

काठमाडौं । नेपालमा राजसंस्था अन्त्य भई गणतन्त्र स्थापना भएको १२ बर्ष पुग्नलाग्दा १९ जेठ, २०५८ सालमा भएको दरबार हत्याकाण्डका मुख्य अभियुक्तबारे अझै चासो छ । यहि सन्दर्भका क्रममा तत्कालिन राजा वीरेन्द्र शाहको एडिसीका रूपमा काम गरेका सुन्दरप्रताप रानाले दरबारको दुखान्तनामको पुस्तक मार्फत हत्याराको संकेत गरेका छन् ।

उनको पुस्तकमा हत्याराका बारेमा स्पष्ट नखुलाइए पनि तत्कालिन छानबिन समितिको प्रतिवेदनको आधार र अनेक व्यवाहारलाई चित्रण गरी तत्कालिन युवराज दिपेन्द्र शाह नै दरबार हत्याकाण्डका प्रमूख व्यक्ति रहेको संकेत गरिएको छ । यद्यपि, यसमा किटान भने गरिएको छैन ।

पञ्चायतकालका बेला तत्कालिन भारतीय प्रधानमन्त्री राजीब गान्धीले नेपालमा नाकाबन्दी लगाएपछि दरबारसँग सम्बन्ध चिसो भएको उनले जनाएका छन् । यसको प्रमूख कारणचाहिँ तत्कालिन शाही नेपाली सेनाका लागि खरिद गरिनुपर्ने आधुनिक हतियार चीन सरकारसँग किन्ने निर्णयमा राजा वीरेन्द्र पुग्नु थियो । भारतले नेपालमा त्यहाँ उत्पादन गरिएको इन्सास राइफल बेच्ने कोशीश गरेको थियो तर वीरेन्द्र सरकारले चीनबाट अझ आधुनिक हतियार ल्याउने प्रबन्धतिर ध्यान दिँदा सम्बन्ध चिसो हुन पुग्यो’, उनले खुलाएका छन्,‘त्यसपछि गान्धी प्रशासनसँग कहिले पनि राम्रो सम्बन्ध भएन । तर, भारतीय जनता पार्टीका नेता अटलबिहारी बाजपेयी प्रधानमन्त्री भएपछि दरबार हत्याकाण्डको केही बर्षअघि भारतीय गणतन्त्र दिवसको प्रमूख अतिथि वीरेन्द्र सरकारलाई बनाइएको थियो ।

सो क्रममा पनि गान्धी प्रशासनसँगको चिसोपनको छनक पाएको पुस्तकमा उल्लेख गरेका उनले लेखेका छन्,‘प्रतिपक्षी दलकी नेतृ रहेकी सोनिया गान्धीले राजालाई भेट्दा अनुहारमा त्यहि चिसोपन देखाइन्, सामान्य औपचारिकता मात्र पूरा गरिन् ।’ तत्कालिन छानबिन आयोगका सदस्य रहेका सभामुख तारानाथ रानाभाटले दिपेन्द्रले नै भटटट गोली चलाएको भनी पत्रकार सम्मेलनमा नाटकीय शैली अपनाएका कारण दरबार हत्याकाण्डको तथ्यलाई सर्वसाधारणले स्वीकार गर्न सकेनन् ।

देवयानी परोक्ष कारण !
यदि, दिपेन्द्रले नै दरबार हत्याकाण्ड मच्चाएको भए, त्यसको परोक्ष कारण देवयानी राणा हुनसक्ने रानाको अनुमान छ । बेलायतमा पढ्न गएका बेला देवयानी राणासँग दिपेन्द्रको प्रेम भएको थियो । देवयानी पशुपति शमशेर राणाकी छोरी हुन् । देवयानीसँग बिहे गर्न नहुने तत्कालिन वडामहारानी ऐश्वर्यको मतमा श्रुतीले पनि सहमति जनाउँदै प्रतिरक्षा गर्दा एउटा पार्टीमा गर्भवती बहिनीको घाँटी समातेर दिपेन्द्रले लछारेको विषय पनि रानाले उल्लेख गरेका छन् ।

देवयानीको प्रमेमा लिनभएका कारण दिपेन्द्रले केही पनि नदेख्ने गरेको संकेत विभिन्न अध्यायले खुलाएको छ । राजा वीरेन्द्र र रानी ऐश्वर्य नै राजी नभए पनि देवयानीलाई भगाएर बिहे गर्ने मुडमा दिपेन्द्र पुगिसकेको उनको पुस्तकमा उल्लेख छ ।

मदिरा र लागु पदार्थ सेवन समेत गर्ने दिपेन्द्रले २१, जेठ २०५८ मा देवयानीसँगको बिहे गर्नुपर्छ भन्ने प्रस्ताव राजा वीरेन्द्रलाई गर्ने योजना बनाएको रानाले खुलाएका छन् । तर, त्यसो दुई दिन अघि नै शुक्रबार दरबारभित्र नरसंहार भएको थियो । जसलाई तत्कालिन माओवादी बिद्रोहीले नयाँ कोतपर्व भन्दै आशिंक रूपमा गणतन्त्र आएको बताएको थियो ।
ज्ञानेन्द्रको के सुझाव हुन्थ्यो ?

तत्कालिन अधिराजकुमार तथा पूर्वराजा ज्ञानेन्द्र शाह भने बहुदलीय प्रजातन्त्र स्थापित गरी संवैधानिक राजतन्त्रको पक्षमा नभएको रानाले खुलाएका छन् । ज्ञानेन्द्रले वीरेन्द्रलाई दाभन्दै सम्बोधन गर्दै आएको उल्लेख गरेका उनले लेखेका छन्,‘ज्ञानेन्द्र सरकार सक्रिय राजतन्त्र चाहिबक्सन्थ्यो । यहि सुझाव राजा वीरेन्द्रलाई दिने गरिबक्सेको थियो ।

उता, भारतसँग चिसो बन्दै गएको सम्बन्ध र मुलुकमा माओवादी द्वन्द्व चर्किरहेको बेलामा राजा वीरेन्द्र वार्ता र संवादको पहलमा लागेको रानाले खुलाएका थिए । तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाले सेना परिचालनको प्रस्ताव लैजादा अस्वीकार गरेका वीरेन्द्रले माओवादीसँगको वार्ताको मध्यस्तता मिलाउन भाई तथा अधिराजकुमार धीरेन्द्रलाई गरिएका सबै कारबाही फिर्ता लिएर दरबार डाकेका थिए । सोही बेला नै, हत्याकाण्डमा धीरेन्द्र पनि परेको रानाले उल्लेख गरेका छन् ।

Post a Comment

0 Comments