Subscribe Us

अवैध रुपमा भिओआइपी संचालन गर्ने १ सय ६७ जना पक्राउ


काठमाडौं ।   केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले हालसम्म  १ सय ८ स्थानहरुमा भएको कारवाहीमा नेपाली १ सय ३० र विदेशी ३७ गरी १ सय ६७ जनालाई पक्राउ गरेकाे जनाएकाे छ । 

केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौंबाट खटिएको प्रहरीले अवैध रुपमा भिओआइपी संचालन गर्ने रुपन्देही सिद्धार्थनगर नगरपालिका-३ काटा गाउँ भन्ने स्थानमा डेरा गरी बस्ने भारत महराजगन्जका २६ वर्षीय खुर्सेद अन्सारीलाई पक्राउ गरेपछि सार्वजनिक गर्दै उक्त कुरा बताएकाे हाे ।

पक्राउ अन्सारीको डेरा कोठाबाट प्रहरीले ल्यापटप १ थान, जेएससि लेखिएको एरियल ३२ थान, राउटर १ थानएयर टेल फोरजी लेखिएको डिभाईस २ थान, टिपी लिंक लेखिएको १ थान, युपिएस १ थान, चार्जर २ थान, १३ वटा सिम फिट भएको १६ सिम पोट १ थान, सिम नभएको १६ सिम पोट १ थान, केबल तार २ थान, सिम १३ थान लाभा कम्पनीको मोबाइल १ थान र सोमा फिट भएको ९८१७४२३४०४ र नम्बर नखुलेको भारतीय सिम १ थान समेत बरामद गरेको छ ।

पक्राउ परेका अन्सारी उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत जिल्ला अदालत रुपन्देहीबाट म्याद लिई अनुसन्धान कार्य भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । अवैध भिओआइपीबिरुद्द गरिएको कारवाहीमा हालसम्म विभिन्न दुर संचार कम्पनीहरुका २ हजार ३ सय ७५ थान सिम कार्डहरु र भिओआइपीमा प्रयोग हुने आधुनिक उपकरणहरु समेत बरामद गरिएको सो ब्यूरोले जनाएको छ । 

Post a Comment

0 Comments