Subscribe Us

टिचिङको क्यान्टिनमा करोडको खेल, अनियमितताबारे अख्तियारमा उजुरी






दुनियाँमा कहिँ नभएको जात्रा शिक्षण अस्पतालले देखाएको छ । लेटरप्याडमा लेखिएको चिठिमा समाचार लेखाउने उपर कारबाही गर्न भनिएको छ । जबकि, अख्तियारले भ्रष्टाचारका विषयमा मात्र छानबिन गर्छ
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) को चमेना गृह भाडामा दिन आह्वान गरिएको टेण्डरमा मोटो रकमको चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
नियमसंगत टेण्डर दर्ता गराएको फर्मलाई टेण्डर नदिई रकमको चलखेलमा ३ नम्बरको फर्मसँग अस्पतालले टेण्डर सम्झौता गरेपछि अख्तियारमा उजुरी परेको हो । एक दर्जनले उक्त चमेना गृह चलाउन टेण्डर दर्ता गराएका थिए । प्रति महिना १७ लाख ५१ हजार भाडा बुझाउने गरी एक नम्बरमा लामा क्याफेले, दुईमा १६ लाख २ हजार बुजाउने गरी क्यान्डी चमेना गृह र १५ लाख ६५ हजार बुजाउने गरी तेस्रो नम्बरमा श्री जयसुमन जनशक्ती सेवाले टेण्डर दर्ता गराएका थिए ।

तर अस्पताल प्रशासनले मोटो रकम बुझेपछि एक नम्बर र दुई नम्बरलाई बाई पास गर्दै तिन नम्बरलाई टेण्डर दिने सहमती गरेपछि अख्तियारमा उजुरी परेको हो । डकुमेन्ट नमिलेको बाहाना गर्दै प्रति महिना दुई लाख फरक रकम भरिएको फर्मलाई टेण्डर दिलाएपछि अस्पताल परिसरभित्र समेत खैलाबैला भएको छ । अस्पतालका निर्देशक डाः प्रेम खड्का र प्रशासन प्रमुख सूर्यबहादुर अधिकारीको मिलोमतोमा गैरकानुनी तरिकाबाट जय सुुमनलाई टेण्डर दिलाएको आरोप लागेको छ ।

जय समुनका मालिक सुमन श्रेष्ठ पहिला देखि नै चमेनागृह संचालक हुन् । श्रेष्ठको चमेना गृहमा पटक–पटक खाद्य संस्थानले तालाबन्दी समेत गरिसकेको थियो । उनको कम्पनी नबिकरण समेत नभएको स्रोतको दाबी छ ।  कानुनत नबिकरण नभएको कम्पनीले टेण्डर बिड गर्न नै पाउँदैन । तर अस्पतालका डा. खड्का र प्रशासनका अधिकारीको मिलोमतोमा जय समुहले टेण्डर हत्याएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

अल्लारे चिठी, फितलो खेल


टेन्डरमा भ्रष्टाचार भएको समाचार प्रकाशित भएपछि शिक्षण अस्पताल प्रशासनले अख्तियारका नाममा एउटा अल्लारे चिठि पठाएको छ । जहाँ समाचार लेखाएको भनी प्रशासनले लामा क्याफेविरुद्ध अख्तियारमा छानबिन होस् भनेर चिठि लेखिएको छ ।

दुनियाँमा कहिँ नभएको जात्रा शिक्षण अस्पतालले देखाएको छ । लेटरप्याडमा लेखिएको चिठिमा समाचार लेखाउने उपर कारबाही गर्न भनिएको छ । जबकि, अख्तियारले भ्रष्टाचारका विषयमा मात्र छानबिन गर्छ । अझ, समाचारका आधारमा ठेक्का ठिक भए नभएको भन्ने विषयमा अख्तियारले छानबिन गर्न सक्छ, समाचार लेखाएको भनी हचुवाको भरको चिठिमा कसरी छानबिन हुन सक्छ ?

स्रोतले भन्यो,‘नेपालमा यस्ता प्रकारका प्रशासन पनि रहेछन् जसले अल्लारे चिठि लेखेर फितलो खेल खेल्ने प्रयास गरेका छन् ।’ एक त ठेक्का दिने क्रममा नै शंकाको घेरामा आएको प्रशासनले चिठि लेखेर अख्तियारका लागि शंका गर्ने आधार झन् बलियो बनाएको स्रोतको दाबी छ । 

Post a Comment

0 Comments