मुग्लिन । चितवनमा प्रहरीले ९० किलो गाँजा बरामद गरेको छ
। इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यको
नेतृत्वमा खटिएको टोलीले पूर्वी चितवनको राप्ती नगरपालिका–१२ परखाल भन्ने ठाउँबाट गाँजा बरामद गरेको हो ।
विशेष सुराकीका
आधारमा सो परिमाणको गाँजा बरामद गरिएको प्रहरी निरीक्षक
आचार्यले बताए । गाँजा बोक्ने भने फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको
निरीक्षक अचार्यले जानकारी दिए । इलाका प्रहरी कार्यालय भण्डाराले गाँजा
तस्करविरुद्धको अभियानलाई जारी राखेको छ ।
गएको वैशाखदेखि अहिलेसम्म
विभिन्न समयमा ३५० केजी गाँजा बरामद गरी नष्ट गरिएको प्रहरी निरीक्षक आचार्यले
जानकारी दिए । यसअघि राप्ती नगरपालिका–२ हुमपुङ भन्ने स्थानबाट पानी ट्याङ्कीभित्र लुकाइछिपाइ राखेको अवस्थामा गाँजा
भेटिएको थियो ।
प्रहरीको सक्रियता
बढेपछि तस्कर गर्न नसकेपछि गाँजा त्यसै छोडेर जाने गरेको निरीक्षक आचार्यले बताए । आचार्यका अनुसार धादिङ र मकवानपुरको सिमाना
पर्ने विकट बस्तीमा लुकीछिपी गाँजा खेती तथा तस्कर बढी हुन्छन् । विकट बस्तीका
कारण प्रहरीको पहुँच कम हुने यस ठाउँमा तस्करले गाँजाखेती गर्न लगाउने गरेको निरीक्षक
आचार्यको भनाइ छ ।
प्रहरीले गाँजा
फँडानी गर्ने र लुकाइछिपाइ राखेकोलाई खोजी गरी नष्ट गर्ने अभियानलाई तीव्रता दिएको
छ । पछिल्लो समय स्थानीयले पनि खबर गरी प्रहरीलाई जानकारी दिने गरेका कारण अभियान
सार्थक बन्दै गएको छ ।
0 Comments