Subscribe Us

पोखरामा गोली चल्यो, एक लागू औषध प्रयोगकर्ता घाइते


कास्की । पोखराको उत्तमचोकमा बुधबार लागू औषध बोकेर हिडिरहेका जोन भनेर चिनिने गोविन्द थापालाई प्रहरीले गोली चलाएको छ । उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथी जाइलागेका थापालाई गोली चलाएको प्रहरीले  जनाएको छ । 

उनको बायाँ खुट्टामा गोली लागेको छ । घाइते थापालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । हतियार खोस्न खोज्दा नदिएपछि गोली चलाएको प्रहरीले जनाएको छ ।

प्रहरी निरिक्षक गणेश सुवेदीको कमाण्डमा गएको टोलीले उनलाई नियन्त्रणमा लिन खोजेको थियो । थापा कतारमा पनि लागू औषध कारोबारी थिए । उनीमाथी यसअघि नै ज्यानमारा मुद्धामा परेका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।


Post a Comment

0 Comments