Subscribe Us

प्रहरी महानिरीक्षक खनालविरुद्ध विरोधी सक्रिय

एआइजी पुष्कर कार्कीलाई अगाडि सार्न विवादीत ठेकेदारले प्रायोजित प्रहार गरिरहेका छन् 

काठमाडौं । नेपाल प्रहरी आइजीपी सर्वेन्द्र खनालविरुद्ध संगठन भित्रबाट बिरोधी सलबलाउन थालेका छन् ।
प्रहरीमा खाइपाई आएको सुविधा बन्द भएपछि उक्त गु्रप अहिले आईजी खनाललाई परिवर्तन गर्ने भन्दै नियोजित रुपमै लागि परेको रहस्य खुलासा भएको हो । उक्त समूहमा राजनीतिक दलका केही नेता, प्रहरीमा ठेक्का पट्टा गर्दै आएका ठेकदार र केही पत्रकारको झुण्ड पनि छन् । जसले कुप्रचारका लागि प्रायोजित काम गरिरहेका छन् । कहिले नेकपाको पुष्पकमल दाहल रुष्ट बनेका छन् आईजी परिर्वतन गर्ने मुडमा छन भन्ने त कहिले प्रधानमन्त्री रुष्ट छन् तत्काल नै आईजी परिवर्तन हुन्छ भन्दै अफवाह फैलाउने गरेका छन् । यसका लागि ति समूहले केही सञ्चारमाध्यम र पत्रकारको समेत दुरुपयोग गर्दै आएका छन् ।

बर्षौंदेखि नेपाल प्रहरीमा ठेक्कापट्टा गर्न नपाएका दिपक भट्टको योजनामा केही पत्रकार र राजनीतिक दलका नेता अहिले आईजी खनालबिरुद्ध हात धोएरै लागेका हुन् । दुई महिना अगाडी भएको बिमेस्टेक बैठकको कुरा गत साता उठाएर आईजी खनालको योग्यता र क्षमतामा समेत प्रश्नचिन्ह खडा गरिएको थियो । ७ चैत २०७५ मा बिमस्टेक राष्ट्रका राष्ट्रिय सुरक्षा प्रमूखहरूको बैठकमा भाग लिन नेपाल प्रहरीका आईजी खनाल पनि पुगेका थिए । खनाल नेतृत्वमा सशस्त्रका डिआइजी खड्ग राई, राष्ट्रिय अनुसन्धान विभागका डिआइजी लक्ष्मण गुरुङ र परराष्ट्रका एक अधिकृत सहभागी थिए ।

बैठकमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पाकिस्तानलाई आतंकवादी भन्नुपर्ने एउटा प्रस्ताव अघि सारेको समाचार केही सञ्चार माध्यममा प्रकाशित भएको थियो । समाचारमा नेपालको परराष्ट्र नीतिविपरित आएको सो प्रस्तावलाई आइजीपी खनालले अनुमोदन गरिदिएका हल्ला चलाईएको थियो । बैठकमा सहभागी थाईल्यान्ड र श्रीलंकाका प्रतिनिधिहरू यो विषय कुटनीतिक रुपमा गलत हुने भन्दै विपक्षमा उभिएको तर नेपालका प्रतिनीधिले डोबालको समर्थन गरेको कुरा बाहिर आएको थियो ।

बास्तवमा समाचारमा आएको जस्तो कुरा उक्त बैठकमा उठेको थिएन । बैठकमा डोभालले पाकिस्तानलाई नभएमा पाकिस्तानले संरक्षण गरेको भनिएका मुजाहिदिन समूहलाई युनले समेत आतंककारी घोषण गरिसकेको हुँदा बिम्स्टेक देश सबैले संमर्थन गर्नुपर्ने धारण राखेका थिए । तर थाईल्याण्डले डोभालको कुरामा अब्जेक्सन जनाए पनि अन्य देशका प्रतिनिधि र नेपाल प्रहरीका आईजी खनालले कुनै धारण राखेका थिएनन् । खनालले यस बिषयमा सरकारबाटै जवाफ लिनुपर्ने धारण राखेका थिए ।

‘नेपाल प्रहरीको आइजीले यस्ता कुरामा आफ्ना धाराण राख्ने कुरै आउँदैन यस बिषयमा सरकारको धारणा गृहमन्त्रालय बाट जान्छ’, गृह सचिव प्रेम राईले जनप्रहारसँग भने । स्रोतका अनुसार पाकिस्तानले आईजी खनाललाई हेर्ने नियतमा परिवर्तन आओस् तथा सरकारले आक्रमक रुपमा कुनै निर्णय लिई हालोस् भन्ने हेतुले प्रायोजित समाचार प्रकाशित भएको आकंलन गर्न सकिन्छ । दिपक भट्टको समूह भने कुनै पनि हालतमा आइजी सर्वेन्द्र खनाललाई परिवर्तन गरी पुष्कर कार्कीलाई आइजी बनाउन चहान्छ ।

र कार्कीलाई आईजी मात्र होईन आफ्नो स्वार्थ पुरा गर्न डिजी बनाएर नेपाल प्रहरीमा तीन बर्ष हालिमुहाली गर्ने योजनामा भट्ट छ । तर कार्की आइजी भए पनि उनको सपना पुरा हुन्छ भन्ने ग्यारेन्टी भने केही छैन । लोकमानसिंह कार्कीको दुरुपयोग गरेर गैर कानुनी धन्दाबाट अकुत कमाएका भट्ट पछिल्लो समय अपराधसम्बन्धी कलम चलाउँने पत्रकारका निकट बनेका छन् ।

नेपाल प्रहरीमा व्यसायीक प्रहरी अधिकृतका साथै चतुर स्वाभाबमा चिनिने कार्कीले भने भट्टलाई खासै महत्व दिएका छैनन् । तर केही पत्रकार र नेताको विश्वासमा भट्ट कार्कीलाई आइजी बनाउन पाए ठूलै माछो मार्ने सपना बोकेका छन् । यसका लागि उनले बामदेव गौतमबाट प्रचण्डलाई मिलाएको हल्ला चलेको छ । प्रहरीमा दलाली गर्दै आएका केही बिचौलियाको गुटको सपना पूरा नभएपछि आईजी खनालविरुद्ध मीडियाबाजी हुँदै आएको छ ।

Post a Comment

0 Comments