Subscribe Us

आँबुखैरेनीबाट ठूलोमात्रामा लागूऔषधसहित २ पक्राउ

तनहुँ । आबुँखैरेनी इलाका प्रहरी कार्यालयले ठूलो मात्रामा लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक महेश राज पाठकको कमाण्डमा विशेष सूचनाका आधारमा खटिएको एक प्रहरी टोलीले आँबुखैरेनी गाउँपालिकास्थित खहरे खेलामा लागू औषधको कारोबार भईरहेको भन्ने सूचनाका आधारमा २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा आँबुखैरेनी–२ बस्ने ३० वर्षीय जीवन थापा मगर र वडा नं. ३ बस्ने २७ वर्षीय सुमन नेपाली छन् । 



उनीहरुको साथबाट प्रहरीले बुर्फीन ८६ एम्पुल, फिनारगन ८४ एम्पुल, डाइजेपाम–८९ एम्पुल लागू औषध र १५ वटा इन्जेक्सन, २ थान कालोटेपलगायतका सामाग्रीहरु र माेबाइल २ थान र केही नगदसमेत बरामद गरिएको प्रहरी निरीक्षक पाठकले बताए ।


Post a Comment

0 Comments