Subscribe Us

इन्काउन्टरले लज्जाशरणम् !
राज्य व्यवस्था समितिमा आइजी खनालका नौ मिनेट


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही कमाण्डर कुमार पौडेलको इन्काउन्टर गरेपछि गृहमन्त्री रामबहादुर थापा, प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल प्रश्नको घेराबन्दीमा परेका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा सत्तारुढ नेकपाका सांसद तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले नै यस विषयमा सवाल गरेपछि थापा र खनाल लज्जा शरणम् भएका छन् । इन्काउन्टरको व्याख्याअनुसार इन्काउन्टर पुष्टि नै नहुनेगरी प्रहरीले पौडेलको हत्या गरेको भन्दै शर्माले सोधे÷७ ठाउँमा हातखुट्टा भाँचेर गोली ठोकिएको छ, स्थानीयले पनि त्यहि भनिरहेका छन् । कसरी मुठभेडमा गोली लागेको हुनसक्छ ?

राज्य व्यवस्था समितिका सदस्यले मात्र होइन, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले पनि इन्काउन्टर भनिदिने र आरोप पुष्टि गर्नुपर्ने झन्झटबाट प्रहरी भागीरहेको बताएका थिए । गृहमन्त्री थापाले सदनमा उक्त इन्काउन्टरबारे प्रश्न उठेपछि मुठभेडमै मारिएको जवाफ त दिए तर सांसद आश्वस्त भएनन् । यसपछि राज्य व्यवस्था समितिमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई नै डाकियो । उनले नौ मिनेटसम्म इन्काउन्टरको पक्षमा आफ्ना भनाई मात्र राखेनन्, मारिने पौडेलको विगतलाई पनि विश्लेषण गर्नुपर्ने बताए ।

आइजी खनालका नौ मिनेट 
माननीयज्यूहरूले उठाउनुभएका धेरै कुराहरूमा माननीय गृहमन्त्रीज्यूबाट प्रष्ट भइसकेको छ । त्यसमै नदोहो¥याइ राख्छु । उनी सज्जन र के भन्ने कुराहरू त आए, यसको परिभाषा त आफैंले निकाल्ने हो । सज्जन हो हैन भन्ने कुरामा म जान्न । खाली गतिविधि राख्न चाहन्छु ।

०७२ सालका सर्लाही जिल्लाको सागरनाथ र परवानीपुर सामुदायिक वनबाट बाटो मासी अबैध रुपमा काठ बेचबिखन गरेको अभियोगमा जिल्ला वन कार्यालयमा मुद्दा चलेको थियो । सागरनाथ वन विकास परियोजनाको नाममा सर्लाहीमा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बस्ने व्यक्तिहरूको नेतृत्व गर्दै आएको थियो ।

विशेषतः सिन्धुली र सर्लाहीमा बसोबास गर्ने केही व्यक्तिहरूलाई उक्त सार्वजनिक जग्गा अतिक्रमण गर्न उक्साउने, प्रेरित गर्ने र उक्त स्थानमा ल्याई बसोबास गराउने । अतिक्रमित जग्गाको लालपूर्जा वितरण गराइदिन्छु भनी झूठो आश्वासन दिई सम्बन्धित व्यक्तिहरूबाट आर्थिक लाभ लिनुका साथै अराजक गतिविधिहरू सञ्चालन गर्न समर्थन र सहयोग गर्दै आएको थियो ।

विप्लव समूहमा प्रवेश गरेपश्चात अर्धभूमिगत बनेर र उक्त समूह प्रतिवन्धित भएपश्चात पूर्णभूमिगत रुपमा पछिल्ला महिनाहरूमा जबरजस्ती चन्दा संकलन गरी व्यापारी, व्यवसायी जनप्रतिनिधि र सर्वसाधारण जनतालाई आर्थिक शोषण गर्ने र आतंकित बनाउने कार्यलाई तीव्रता दिएको ।
धेरै मोबाइल सिमहरू प्रयोग गर्ने र फरकफरक सीमबाट फोन गरी चन्दाका लागि दबाव दिने । चन्दा नदिए भौतिक कारवाही गर्ने, मार्नेसम्मको धम्की दिने । चन्दा नदिएसम्म पटक-पटक, फरक स्थानबाट फोनबाट धम्की दिइरहने । चन्दाको रकम संकलन गरी बुझाउन अन्य व्यक्तिहरूको प्रयोग गर्ने ।

जनप्रतिनिधिहरू, विशेष गरी गाउँपालिकाका र नगरपालिकाका मेयर, वडाध्यक्षहरूसँग कम्तिमा १० लाख रुपैयाँ चन्दा नदिएमा भौतिक कारवाही गर्ने चेतावनी दिएको । जनप्रतिनिधिहरूलाई चन्दा नदिएका कारण वा तोकेभन्दा कम दिएको कारण सफाया गर्ने विज्ञप्ति जारी गर्ने र सामाजिक सञ्जालमार्फत् चेतावनी दिने गरेको ।

समाजमा आतंक सिर्जना गर्ने, आफ्नो उपस्थिति देखाउन चन्दा दिन बाध्य पार्ने, विभिन्न स्थानहरूमा बम विस्फोट गराउने, नगरपालिका र अन्य सार्वजनिक स्थानमा शक्तिशाली बम प्लान्ट गर्ने कार्यमा समेत निज सक्रिय रहेको ।

कुमार पौडेलविरुद्ध जिल्ला प्रहरी कार्यालय र मातहतमा परेको मुद्दाहरू यहाँहरूसमक्ष राख्न चाहन्छु । मिति ०७३ साउन ७ गते राति अञ्दाजी १ः४५ बजेको समयमा जिल्ला सर्लाही हरिवन नगरपालिका वडा नम्बर १० स्थित जाहेरवालाको लु२त ६६१९ नम्बरको ट्याक्टरमा कुमार पौडेलसमेतले आगो लगाएको ।

विस्फोटक पदार्थ तथा संगठित अपराधमा मिति २०७४ जेठ११ गते बिहान अञ्दाजी ७ः२० बजेको समयमा जिल्ला सर्लाही वागमती नगरपालिका वडा नं ३ स्थित सारनाथ वन विकास परियोजनाको कम्पाउण्ड नजिक प्रतिवादी कुमार पौडेलसमेत पाइप बम राखेको अवस्थामा बम फेला परेको छ ।
विस्फोटक पदार्थमा २०७४ चैत१७ गते अन्दाजी १२ बजेको समयमा जिल्ला सर्लाही सो नगरपालिका वडा नम्बर ४ मा रहेको सागरनाथ वन विकास परियोजनामा प्रतिवादी कुमार पौडेल समेतले कुकर बम विस्फोट गराई भवनमा क्षती पुर्याएको ।

२०७५//२९ गते अञ्दाजी बिहान ८ः३० बजेको समयमा जिल्ला सर्लाही, वागमती नगरपालिका वडा नम्बर १० मा परियोजनाको अतिक्रमण ६ सय क्षेत्रफलमा वृक्षारोपण कार्य सञ्चालन गर्दा उक्त वृक्षारोपण कार्य विफल बनाउन जनमानसमा डर त्रास फैलाउने उद्देश्यले सोही स्थानमा प्रतिवादी कुमार पौडेल समेतले प्रेसर कुकर बम पड्काएको ।

२०७५ चैत २६ गते राति अञ्दाजी ४ बजेको समयमा जिल्ला सर्लाही हरिवनपुर नगरपालिका वडानम्बर ८ स्थित एनसेलको टावरमा कुमार पौडेलसमेतले आगो लगाएको ।
२०७६ वैशाख २३ गते विहान रातिको समयमा जिल्ला सर्लाही वागमती नगरपालिका वडा नम्बर ४ स्थित वागमती खोलाको किनारमा सविन्द्रकुमार श्रेष्ठले सञ्चालन गरेको बा१क ७८४७ नम्बरको स्काभेटरमा प्रतिवादी कुमार पौडेल समेतले आगो लगाई जलाई क्षति पुर्यावएको ।

माननीय सभापतिज्यू, माननीय गृहमन्त्रीज्यूले भनेका कुराहरू बाहेक म केही छुटपुट र विगतका क्रियाकलापहरू राख्छु । यो दुई÷तीन महिनादेखि त्यहाँ जनमानस अति नै आतंकित भएको थियो । प्रहरी प्रशासनले के हेर्दैछ भन्ने सन्दर्भमा हामीले क्रियाशीलता लगाएकै थियौं । यही सन्दर्भमा भएका कुराहरू हो ।

अब यसमा माननीय सदस्यज्यूहरूलाई के स्मरण गराउन चाहन्छु भने हामीले यस्तो परिस्थिति नआइकन अथवा यस्तो परिस्थिति उत्पन्न नभइकन यस्ता घटना भएका छैनन् । यो कुरा माननीय सदस्यज्यूहरूलाई निवदेन गर्न चाहें ।

जस्तो हामीसँग धेरै छन् । हामीले समातेका छौं । सुनसरीमा हतियार समातेका छौं । एलएमजी, एम १६, अमेरिकन एक नाल राइफल समात्या छ । तर, त्यहाँ भिडन्तको स्थिति भएन । भाग्दै जाने क्रममा नै ट्राफिक प्रहरी समेत भागाभाग दौडादौड गरेर समातेको अवस्था छ । जहाँ कि यस्तो हतियारहरूसमेत बरामद भएको छ ।

यो इन्टेन्सनले गर्ने कुराहरू होइन माननीय सदस्यज्यूहरू । त्यहाँचाहिँ समात्दाखेरि केही भएको भए जवाफी कुरा आउँछ । स्थिति अर्कै आउन सक्थ्यो तर त्यसलाई नियन्त्रण गरियो, दौडादौड अवस्थामा पनि छ । संखुवासभामा त्यसरी नै हतियार बरामद भएको छ । पेस्तोलसहित पक्राउ परेको छ ।
यसमा मैले खाली के हो भने पक्राउ परेका धेरै घटना छन्, जहाँ हतियारसहित उहाँहरूले अगाडि बढाएको विध्वंशात्मक क्रियाकलापहरू अगाडि बढाएको अवस्था छ । यो लगायत संखुवाभामा नै अर्को भएको छ, जुन ठाउँमा सुरेन्द्र राई समेतबाट थ्रीनटथ्री राइफलसमेत बरामद भएको अवस्थाहरू छ । त्यसमा १४ गोली, कसैमा २५ गोलीसमेत भएको छ ।

यहाँ मैले यो कुरा राख्नुको अर्थ के हो भने हामीले अहिले चलाएको अथवा गरिरहेको क्रियाकलापमा धेरै विध्वंशमा लाग्नेहरूलाई पनि कानूनी दायरामा ल्याउनुपर्छ, जुन कानुनसम्मत गर्नुपर्छ भन्ने नै हो । त्यसमा प्रतिबन्धित भएको अवस्थामा पनि ६४० जनालाई पक्राऊ र नियन्त्रणमा लेराएर कानूनी दायरामा ल्याएको अवस्था छ । तर, यदाकदा घटनाहरू यसरी आइदिन्छन्, जहाँ स्थितिले दबावपूर्ण अवस्था आउँदाखेरि प्रतिरोध र प्रतिकारको अवस्था सिर्जना हुन्छ । त्यसमा पनि अहिले भन्नुपर्दा जम्मा दुईवटा घटनाको मात्र, विशेषतः आजको सम्मानित सदनमा एउटै घटनाको विषय जुन आयो, यसमा त्यो कारणले नै उब्जाएको हो ।

यसमा अर्को, संखुवासभाका हामीले हतियार बरामद गरिराखेका छौं । यो सबै घटनामा प्रहरी प्रशासन यो अवस्था हो त ? भन्दा होइन । माननीय सदस्यज्यूहरूलाई मैले राख्न चाहेको । संखुवासभामा धेरै नै छ ।

सर्लाहीको विषयमा मैले अघि भनें । यी घटनामा पनि माननीय मन्त्रीज्यूबाट जुन कुराहरू आएका छन्, त्यसैमा समर्थन गर्दै विशेष छुट भएका विषयहरू चाहिँ मैले यहाँहरू समक्ष निवेदन गरें । र, जुन शंकास्पदरुपमा एउटा अर्कोलाई पनि गोली लागेको भन्ने कुरालाई चाहिँ सर्च गरिया छ । हस्पिटलहरूमा पनि गएर सर्च गरिया छ । यो कुराहरू उहाँका आफन्तजनले पनि सबै बुझेर सदगत गरिसकेको अवस्था हो भन्दै मेरो आफ्ना कुराहरू प्रस्तुत गरें ।

Post a Comment

0 Comments