Subscribe Us

क्यासिनोका कर्तुत: माजोङमा हुण्डी, र्रयाडमा अनलाइन जुवा




काठमाडौं । राजधानीमा सञ्चालित केही क्यासिनोले हुण्डीको धन्दा चलाउँदै आएको रहस्य खुलेको छ । हुण्डीसँगै केही क्यासिनोले भने गैर कानुनी रुपमा अनलाईन जुवा समेत खेलाउँदै आएका छन् । हुण्डीको धन्दा चलाउँनेमा क्यासिनो माजोङ अगाडि छ ।

अनलाईन जुवा भने क्यासिनो ¥याडले गराउँदै आएको छ । नेपालका क्यासिनोलाई अनलाईन जुवा खेलाउने अनुमती छैन । तर प्रहरीको आँखामा छारो हाल्दै क्यासिनो ¥याडले अनलाईन जुवा खेलाउँदै आएको हो । विदेशीलाई मात्र प्रवेश अनुमति रहेका क्यासिनोमा नेपाली प्रबेशलाई प्रहरीले कडाई गरेपछि जुवा खेलाउन क्यासिनो ¥याडले अनलाईन धन्दा सुरु गरेको हो । यस्तो धन्दा क्यासिनो ¥याडले ६ महिनादेखि गराउँदै आएको छ । 

सट्टेबाजीको धन्दा समेत क्यासिनो ¥याडले गराउँदै आएको स्रोत बताउँछ । त्यहाँका केही कर्मचारी र क्यासिनो सञ्चालक मिलेर क्यासिनो ¥याडमा अबैध धन्दा चलाउँदै आएका हुन् । हुण्डीको कारोबार भने सोल्टी होटलमा रहेको क्यासिनो माजोङले गर्दै आएको छ । बिदेशमा जुवा खेल्न जाने नेपाली जुवाडेलाई होस् वा बिदेशबाट नेपालमा जुवा खेल्न आउने जुवाडेलाई क्यासिनो माजोङले हुण्डीको माध्यमबाट पैसाको व्यवस्थापन गर्दै आएको छ ।

बिषेश गरी माजोङले दिल्लीबाट नेपाल जुवा खेल्न आउनेलाई दिल्लीको लास्पद नगरमा अफिस खोलेरै पौसा कलेक्शन गर्ने र जुवा जित्नेलाई उतै पैसा उपलब्ध गराउँदै आएको छ । जसको कारण क्यासिनोले कति पैसा जित्यो कति हा¥यो भन्ने रेकर्ड कतै हुँदैन । यो पैसाको बैकिङ कारोबार हुने हो भने देशलाई करोडौं रुपैंयाको राजश्व जम्मा हुन्थ्यो भने अबैध पैसाको कारोबारमा पनि बन्देज हुन्थ्यो ।
यति मात्र होईन माजोङ क्यासिनोले जुवा खेल्न बिदेश जाने नेपालीको पैसाको समेत बन्दोबस्ती मिलाउँदै आएको छ । बिषेश गरी सिक्किम जुवा खेल्न जाने जुवाडेको पैसा क्यासिनो माजोङमै जम्मा हुने गरेको छ ।

माजोङमा पैसा जम्मा भएपछि सिक्कीममा रहेको क्यासिनो माजोङलेले जुवा खेल्न निस्केको जुवाडेलाई झापाको भद्रपूरसम्मको टिकट र भद्रपुर बिमानस्थलबाट सिक्कीमसम्मको गाडीको व्यवस्थापन गर्दै आएको छ । उता सोल्टी होटलमा रहेका क्यासिनो माजोङका मालिक समेत रहेका बिनोद श्रेष्ठले पाटनका जुवाडे गोपाल मर्हजनलाई पटकपटक गरेर दश करोड क्यासिनोमा हराई अहिले घर न घाटको बनाएका छन् ।

घरमै गाडी लिन पठाउँने, क्यासिनोका महिला कर्मचारीलाई फोन गर्न लगाउने तथा बिभिन्न प्रलोभन पारेर श्रेष्ठले उनलाई घर न घाटको बनाएका हुन । क्यासिनोमा लुटेको सम्पत्तीले नपुगेर अहिले श्रेष्ठले डिस्कोको नाममा ट्रान्स पार्टी सञ्चालन गर्दै आएका छन् । उक्त डिस्कोमा दुई साता अगाडी पूर्वगभर्नर तिलक रावलका छोरा विनय रावलमाथि कुटपिट समेत भएको थियो । कुटपिटबाट रावल गम्भिर घाईते भएका थिए । सुरक्षाका नाममा खटिएका बाउन्सरले उनिमाथि कुटपिट गरेका थिए ।

स्रोतका अनुसार क्यासिनो रहेको भबनमा सञ्चालन हुदै आएको प्रभेज डिस्कोमा अहिले कोकिनको कारोबार हुँदै आएको छ । डिस्को हङकङका जोन लगायत चार जनाले सञ्चालन गरे पनि यसका मुख्य पात्र भने बिनोद श्रेष्ठ हुन् । उनको उक्त डिस्कोबाट कोकीन जस्ता महंगो लागूआषैधको कारोबार हुने गरे पनि प्रहरी भने बेखबर छ । पछिल्लो समय श्रेष्ठले व्यापारको नाममा क्यासिनो र डिस्कोलाई अबैध धन्दा गराउने सुरक्षित माध्यमको रुपमा लिएका छन् ।

Post a Comment

0 Comments