Subscribe Us

विश्वकप क्रिकेटमा सट्टेबाजी खेलाउने पक्राउ


काठमाडौं । महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको एक प्रहरी टोलीले विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेवाजी खेलाएको आरोपमा तीन जनालाई राजधानीको न्यूराेड र विजेश्वरीबाट  पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुलबहादुर थापाले जनाएका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका विद्युत् प्रकाश लामा, बज्र लामा र रामेछापका उमेश कार्की रहेको उनले जनाएका छन् ।
उनका अनुसार पक्राउ परेकाहरुले विभिन्न खेलकुद प्रतियोगितामा पनि सट्टवाजी खेलाउने गरेको पाइएको छ । उनीहरुको साथबाट एक लाख रुपैंयाँ नगद समेत बरामद भएको थापाले बताए ।

Post a Comment

0 Comments