Subscribe Us

नैतिकता हरण भएको यस्तो वकिल !


रोएर प्रेम र दोस्रो बिहे, स्वार्थ पूरा भएपछि गर्नुसम्म गरे

काठमाडौं ।  नैतिकता हरण भएपछि कसको के लाग्छ ? किन रोइस मंगले आफ्नै ढंगले भनेजस्तै भएको छ, अस्ट्रेलिया बस्ने एक वकिललाई अहिले । पहिला अरुलाई रुवाए अहिले आफू रुने दिन सुरु भएका छन् ।

केटी भनेपछि मरिहत्ते गर्ने सिड्नी निवासी वकिल खिलेन्द्र तिमल्सिनाले आफ्नै पत्नीको नाङ्गो फोटो मात्र खिचेनन् त्यसको ब्यालकमेलिङ पनि गर्न थाले । अनर्गल प्रचारको त कुरै छाडौं । एक युवतीलाई ६ महिनासम्म रोईकराई गरेर मोहजालमा पारे, बिहे गरे । हनिमुनका लागि पोखरादेखि अनेक सहर पनि गए । त्यहि क्रममा उनको नग्न तस्बिर खिचे, अहिले चरित्रको बाहनामा घरपरिवारदेखि अन्य सदस्यलाई सोही तस्बिर देखाएर ब्ल्याकमेलिङ गरिरहेको पीडितले बताएकी छन् ।

यतिमात्र होइन, उनले प्रहरीमा उजुरी हालेर कारबाहीको माग समेत गर्दैछिन् । पति भएर मेरो चरित्रको धज्जी उडाउनेलाई म छाड्नेवाला छैन, उसले मलाई दिनु सम्मको मानसिक यातना दिएको छ’, पीडितले जनप्रहारसँग भनिन् ।

बिहे गरेका केही महिनादेखि नै तिमल्सिनाले आफूलाई त्यसप्रकारको व्यवाहार मात्र नगरी आफ्ना आपत्तिजनक तस्बिरहरू आफन्तलाई पठाउँदै परिवारलाई पनि दबाब राखेको उनको गुनासो छ ।
पत्नीका रूपमा भिसा पठाएर अस्ट्रेलिया समेत घुमाइसकेका तिमल्सिनाले नेपाल आएका बेला भावनात्मक दबाबमा पारी ढाँटेर आफूसँग बिहे गरेकोति युवतीको आरोप छ । अहिले उनी डिभोर्स पनि मागिरहेकी छन् । बिहे गरुन्जेलसम्म तिमल्सिनाले आफू एक्लो भएको बताएका थिए । पीडित त्यसबेला छाँगाबाट खसिन् जब उनकी जेठी पत्नी र सन्तानसमेत रहेको चाल पाइन् ।

तैपनि मैले बिहेलाई स्वीकार गर्छु, यस्तो परियो भन्ने ठानें । तर, उनी मसँग पर बस्ने, पत्नीको व्यवाहार नगर्ने, मेरा आपत्तिजनक तस्बिर आफ्ना सर्कलमा पठाउने र अनेकथरी भन्ने गरे । आजित भएर म मिडियामा आउनुप¥यो’, उनले भनिन् ।

तिमल्सिना र उनको बिहे भएको र सो समयमा ति युवतीसँग गरेका अन्तरंगका तस्बिरहरू र युवतीलाई मानसिक यातना दिँदै गरेका संवादका कतिपय अडियोहरू पनि जनप्रहारसँग सुरक्षित छ । पति पत्नी भएपछि हुने अन्तरंगसहित आपत्तिजनक तस्बिर उनले झुक्याएर लिएका रहेछन्, अहिले अपशव्द प्रयोग गर्दै गाली गर्छन् । उल्टै केही गर्न नसक्ने भन्दै धम्की पनि दिन्छन्’, पीडितले भनिन् ।

विर्तामोड नगरपालिकामा १२ चैत, २०७४ मा दुवै जनाको सामाजिक परम्पराअनुसार बिहे गरेको प्रमाणित गर्दै बिबाह दर्ताको प्रमाणपत्रपनि दिएको छ । जसको नोटरी प्रमाणित गरीपत्नीका रूपमा पीडितलाई एक पटक अस्ट्रेलिया घुमाएका थिए, तिमल्सिनाले ।

मैले उसको घरमा गएर बस्छु पनि भनेकी छु । तर, उसले उल्टै धम्की दिएपछि माइतीमा नै सहारा लिएर बस्नुपरेको छ’, पीडितले सुनाइन्,‘यहाँ बस्दा पनि मानसिक दबाब दिन बाबुदेखि दाजुसम्मलाई आपत्तिजनक तस्बिर पठाउने गरेका छन् ।

तिमल्सिनाले फेक फेसबुक आइडी सिरा राजाको नामबाट पनि पत्नीलाई बारम्बार मानसिक यातना दिएका छन् । उनले पत्नीसँग गरेका भाइबरलगायतका अन्य संवादमा पनि अश्लील शव्दको प्रयोग ज्यादा गरेका छन् । पीडितका दाजुका अनुसार घरपरिवारलाई दबाबमा राख्नका लागि तिमल्सिनाले अनेक प्रकारका हत्कण्डा गर्दै आएका छन् । अहिलेचाहिँ सम्पर्कबाहिर भएका छन् ।

पीडितसँग काठमाडौंमा देखादेख भएपछि उनले बारम्बार सम्पर्क गर्न थाले । प्रेम गर्ने, बिहे नगरी बस्नै नसक्ने भनेर ६ महिनासम्म मेरो पछि लागेका थिए’, पीडितले भनिन्,‘बिहे भएको छैन, लिभिङ रिलेशनसीप थियो टुट्यो भनेर रोईकराई गरेपछि म बिहेका लागि पनि तयार भएँ ।पीडित परिवारबाट तिमल्सिनाले ३४ लाख रूपैंया कारोबार गर्ने नाममा लगेको आरोप लागेको छ । यता, तिमल्सिनाले उक्त प्रकरणबारे खुलेर बोलेनन् । उनले कतिपय कानुनी कुरा रहेकाले भन्न नमिल्ने बताए ।

Post a Comment

0 Comments