Subscribe Us

प्रचण्ड नेपथ्यकी ‘नायिका’ गंगा



  • गंगाले बाबुको सचिवालयलाई बलियो त बनाएकै छन्, घरभित्र बिरामी आमादेखि परिवारका अन्य सदस्यलाई समेत समेटेकी छन्

नेताका सार्वजनिक जीवन देखेर मुर्मुरिने, आश्वासन पूरा नभएको गुनासो गर्ने साधारण चरित्र एकातिर छन् तर नेताकै नीजि जीवन भने अस्तव्यस्त छ । त्यसैका एक उदाहरण हुन् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

तत्कालिन माओवादी युद्धको नेतृत्व गरेका उनी शान्ति प्रक्रियाका एक जीवित हस्ताक्षरकर्ता पनि हुन् । यसैले पूरा नभएको शान्ति प्रक्रियाका कामलाई निष्कर्श दिने दायित्व अन्यमा भन्दा प्रचण्डमा ज्यादा छ ।
तर उनको दैनिकी व्यवस्थापनमा कुनै समस्यामा आयो भने हरेक चिजले गति पाउँदैन । त्यसो हुन पाएको छैन । ०७४ को चुनावताका उनको सचिवालयको नेतृत्व पुत्र प्रकाश दाहालको हातमा थियो । जसले व्यवस्थापकीय कुशलता पाउँदै गर्दा हठात् दुर्घटना भयो– प्रकाशको निधन । ‘सडेन हर्ट अट्याक’का कारण उनको निधन भएपछि प्रचण्डलाई तीनथरी समस्या आइ लाग्यो ।

पहिलो, राजनीतिक जीवनभरी साथ दिएकी पत्नी सीता दाहालको स्वास्थ्यमा गम्भिर असर । दोस्रो, शान्ति प्रक्रियापछिको राजनीतिक जीवनमा सुधार भइरहेको दैनिक कार्यसूचीका सञ्चालनको अलमल । तेस्रो, पुत्रवियोगले घोचिरहेको मस्तिष्कमा पत्नीको स्वास्थ्य समस्या र अस्रेल्ल बनिरहेको सचिवालयको अवस्था ।
यी सबै अलमललाई समाधानोन्मुख बनाउने जिम्मा एकाएक कान्छी छोरी गंगा दाहालमा आइलाग्यो । झन्डै दुई बर्षको दौरानमा गंगाले प्रचण्डको सचिवालयमात्र होइन, पारिवारिक जीवनलाई पनि गतिशील बनाउने सहजीकरण गरिरहेकी छन् ।

मानौ, अहिले सक्रिय रहेका प्रचण्डको नेपथ्यकी ‘नायिका’ उनै हुन् । 
स्वभाविक रूपमा प्रचण्डको राजनीतिक, सार्वजनिक जीवनमा अनेक प्रश्न उठेका छन् । तर ती कतिपय हल्लाको पछाडी लाग्नु भन्दा राजनीतिक जीवनलाई सफल बनाउनुपर्छ भन्ने मानक बनेकी छन्, गंगा । त्यसैले प्रचण्डसँग कसैले कुनै अपेक्षा र आशा राखेर खुमलटार छिर्यो भने उत्तर पाउँछन्,‘गंगालाई भेट्नु । कुरा गर्नु । मैले गर्न सक्ने सहयोग गर्नेछु ।’

एक हिसाबले प्रचण्डको चलायमान राजनीतिको गति र लयलाई कायम राख्न गंगाको भूमिका कम छैन । परिवारभित्रका कतिपय पीडा, सार्वजनिक महत्वको पदमा रहँदा खेप्नुपर्ने आलोचनाले कहिलेकाहीँ दिक्दारी पनि बनाउँछ । तर त्यसलाई सहज व्यवस्थापन गर्नका लागि गंगाले बाबुको सचिवालयलाई बलियो त बनाएकै छन्, घरभित्र बिरामी आमादेखि परिवारका अन्य सदस्यलाई समेत समेटेकी छन् । उनलाई नजिकबाट चिन्नेहरू भन्छन्,‘राजनीति गर्ने अध्यक्ष प्रचण्ड जति आलोचना भए पनि उहाँको दैनिकी निक्कै अस्तव्यस्त हुन्छ । सबैको व्यवस्थापन गंगाले कुशलताका साथ गरेकी छन् ।’

दिनभर बाबुको राजनीतिक कार्यक्रम र विहान बेलुकी आमाको स्वास्थ्यको हेरचाहको जिम्मा पनि उनैलाई छ । किनभने, सिंगापुर, अमेरिकालगायतका मुलुकमा सीता दाहालको उपचारका लागि गंगा आफैं पुगेकी थिइन्, डाक्टरले दिएका सुझाव, औषधि त्यसको प्रयोग र मात्राको ज्ञान पनि उनलाई भन्दा ज्यादा अरुलाई थाहा छैन ।
ठूलो पार्टीको नेता भएका कारण प्रचण्डको दैनिकी विहानदेखि रातीसम्म व्यस्ततामा बित्छ ।

देशका विभिन्न जिल्लाबाट आएका नेता कार्यकर्ता, चुनावी क्षेत्रबाट आएका सर्वसाधाण जनता, पार्टीभित्रकै नेताहरूको अनौपचारिक भेट, विभिन्न संघ संस्था र निकायले मागेको समय, प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अन्यसँगका परामर्शको समय, यी सबैको व्यवस्थापकीय जिम्मेवारी गंगाले नै मिलाउनुपर्छ । र, कुनै पनि विषयमा उनले व्यवस्थापकीय कमजोरी छाडेकी छैनन्, कसैलाई गुनासो गर्ने ठाउँ पनि राखिदिएकी छैनन् ।

‘गंगाले कसरी समय व्यवस्थापक गर्नु भएको छ, अहिले खुमलटार होस् वा अन्य ठाउँका भेटघाट र कार्यक्रमको तारतम्य राम्रोसँग मिलेको छ’, गंगा निकटस्थहरूको विश्लेषण छ, ‘प्रकाश दाहालले तयार पारेको कार्यसूची र कार्यतालिकालाई अझ प्रभावकारी बनाएर उहाँले मिलाउनु भएको छ ।’

Post a Comment

0 Comments