Subscribe Us

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट भवन उद्घाटन

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल यु.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोट परिसरभित्र पुनर्निर्मित विभिन्न भवनहरुको असार २५ गते एक समारोहका वीच शिला अनावरण गरी उद्घाटन गरे । त्यसअवसरमा महानिरीक्षक खनालले पुनर्निर्मित भवनहरुको अवलोकन समेत गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसैअवसरमा उक्त भवनहरुको निर्माण कार्यमा योगदान पु¥याउने महानुभावहरुलाई प्रशंसापत्र समेत प्रदान गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा राष्ट्रको रक्षा तथा सीमानाको सुरक्षा, राष्ट्रियताको जगेर्ना एवं सेवा, सुरक्षा, सहयोग र आपतविपद्मा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल प्रतिवद्ध रहेको चर्चा गर्दै संगठनले राष्ट्रका लागि पु¥याएको योगदानले नागरिक माझ लोकपृय हुन सफल रहेको उल्लेख गरे ।
खनालले सशस्त्र प्रहरी बल, नेपालले संयुक्त राष्ट्र संघीय शान्ति मिसन मार्फत अन्तर्राष्ट्रियस्तरमा समेत देशको छवि उच्च राख्ने कार्यमा योगदान पु¥याएको बताउनुहुँदै उक्त यु.एन. शान्ति स्थापना तालिम शिक्षालयले तालिमको माध्यमबाट दक्ष एवं व्यावसायीक जनशक्ति उत्पादनमा पु¥याएको योगदानको सराहना समेत गरे ।

भुकम्पका कारण भौतिक संरचनामा क्षति पुगेर प्रशिक्षण कार्यमा बाधा पुगेकोमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विनियोजित बजेटबाट पुनः निर्माण गरिएका भौतिक संरचनाले उक्त शिक्षालयको कार्य संचालनमा थप उर्जा मिल्ने चर्चा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले आगामी दिनमा दक्ष जनशक्ति उत्पादनमा अझै सहजता आउने विश्वास व्यक्त गरे ।

भ्रष्टाचार, मानवअधिकार उलंघन एवं लैंगिक हिंसाका घटनामा संगठनले सून्य सहनशीलताको नीति अवलम्बन गरेको स्मरण गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सुरक्षाकर्मी बढिभन्दा बढि व्यावसायीक बन्न सकेमा नागरिकको सद्भाव एवं विश्वासको वातावरणमा अभिबृद्धि हुनेहुँदा सधै पेशागत ईमान्दारिताका साथ व्यावसायीक जिम्मेवारी निर्वाहमा क्रियाशिल रहनुपर्ने बताए ।

खनालले विगतमा देशका ५८ जिल्लामा मात्रै उपस्थिती रहेको सशस्त्र प्रहरी बल, नेपालको तैनाथी हाल देशका सवै जिल्लामा रहेको उल्लेख गर्दै संगठनले छिटो छरिटो एवं प्रभावकारी सशस्त्र प्रहरी सेवा प्रदान गर्न प्रतिवद्ध रहेको चर्चा गरे ।

Post a Comment

0 Comments