Subscribe Us

तस्करको गोली प्रहारबाट प्रहरी असई घाईते

मकवानपुरमा गाँजा तस्कर र प्रहरी बिच गोली हानाहान भएको छ । गोली हानाहानको क्रममा प्रहरीका एक प्रहरी सहायक निरक्षक (असई) घाईते भएका छन् । 

मकवानपुरको मनहरी गाउँपालिका ९ रजैयामा गाँजा तस्कर र प्रहरीको समुहको दोहोरो फाईरिङ भएको हो ।  फाईरिङको क्रममा गाँजा तस्करको गोली प्रहारबाट असइ नविन विक्रम थापा घाईते भएको प्रहरीले जनाएको छ । 

गाँजा तस्करका मुख्य नाइके कुमार स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ । अन्य ५–६ जनाको समूह फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप जानकारी गराउँन २ बजे पत्रकार सम्मेलनमार्फत जानकारी दिने मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेश कुमार सिंहले जानकारी दिए ।

Post a Comment

0 Comments