काभ्रे । बालयौन
दुराचार आरोपी ६३ वर्षीय क्यानडाली पिटर जोन डालगिल्स बालयौन दुराचारी ठहर भएका
छन् । काभे्रपलाञ्चोक जिल्ला अदालतले सोमबार पिटर बालयौन दुराचारी ठहर्दै कैद तथा
क्षतिपूर्ति तोकेको छ ।
जिल्ला
न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले अन्तिम सुनुवाइ गर्दै पिटरबाट यौनपीडित
दुई जना बालकलाई जनही पाँच लाख क्षतिपूर्ति र एक बालकको हकमा नौ वर्ष र अर्का
बालकको हकमा सात वर्ष कैद सजाय तोकेको हो ।
१२ वर्षको
बालकलाई यौन दुराचार गरेको कसुरमा नौ वर्ष र १४ वर्षको बालकको यौन दुराचार कसुरमा
थप सात वर्ष कैद ठहर भएको अदालतका स्रेस्तेदार ठाकुरचन्द्र त्रितालले जानकारी दिए
। यसअघि गत जेठ २७ गते काभे्र अदालतले यौन दुराचारमा अपराधको कसुरदार ठहर गरी थप
पुर्पक्षका लागि धुलिखेल कारागार चलान गरिएको थियो ।
नयाँ संहिताअनुसार
पिटरलाई एक चरणमा कसुरदार कायम गरिएको र अर्को चरणमा सजाय तोकिएको हो । त्रितालका
अनुसार पिटरलाई सोमबारै धुलिखेल कारागारमा कैदीका रुपमा राखिएको छ । पिटर २०७४ साल चैत अन्तिम साता
काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–१ स्थित एक घरबाट बालयौन दुराचारीको
आरोपमा पक्राउ परेका थिए । सो घरबाट उनले १२ र १४ वर्षका दुई बालक बन्धक
बनाइरोखेको अवस्थाबाट प्रहरीले उद्धार गरेको थियो ।
त्यतिबेला
पिटरविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपाली बालकलाई
ललाईफकाई तथा विभिन्न प्रलोभनमा पारी यौन दुराचार गरेको आरोपमा जिल्ला अदालत
काठमाडौँमा मुद्दा चलाएको थियो । पिटरलाई प्रहरीले हिरासतमा राखी अनुसन्धानपछि
काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्ला अदालतमा बन्दी अवस्थामा कारगारमा राख्दै आएको
थियो ।
सिआइबीको
अनुसन्धानबाट पिटरले केही वर्षदेखि काठमाडौँमा हिमालयन कम्युनिटी फाउण्डेशन नामक
संस्था सञ्चालन गरी शिक्षा र खानेपानी तथा विभिन्न बालबालिकालाई विदेश घुमाई दिने
भन्दै समाजसेवीको आवरणमा साना बालकलाई यौन शोषण गर्ने गरेको खुलेको थियो । पिटर
यसअघि युएन ह्याबिट्याट अफ्गानिस्तानमा देशीय प्रतिनिधिका रुपमा काम गर्ने गरेको
अनुसन्धानबाट खुलेको प्रहरीले जनायो ।
0 Comments