Subscribe Us

पाकिस्तानी पर्यटन चोरी धन्दामा

काठमाडौं । नेपालमा बसेर चोरी गर्दै आएका दुई पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।  महागरीय अपराध महाशाखाले चोरीको आरोपमा ति पाकिस्तानी नागरिकलाई बुधवार भक्तपुर दरबार स्क्वायरस्थित स्विट होम भक्तपुरमाबाट महाशाखाको टोलीले पक्राउ गरेको हो । 

ललितपुर गावल घर भएका राजेन्द्र श्रेष्ठको डेभिस मेट्रो मनि एक्सचेन्जबाट अमेरिकी डलर ९ सय, साउदी रियाल ३ हजार र चिनियाँ युआन १ हजार ४ सय चोरी गरेको आरोपमा ति पाकिस्तानीलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा पाकिस्तान इस्लामावाद बस्नेहरु ३२ वर्षीय मोहसिन खान र ३१ वर्षीया पूजा मोहसिन खान रहेका छन् । 

उनीहरुले उक्त मनि एक्सचेन्जमा ५ सय साउदी रियाल अमेरिकी डलरमा साट्ने बहाना   उक्त विदेशी मुद्रा चोरी गरी फरार भएका थिए । पाकिस्तानीमाथी २०७६ वैशाख २९ गते भक्तपुर सूर्यविनायकस्थित रामकृष्ण श्रेष्ठको आरके ईलेक्ट्रिक एण्ड ईलेक्ट्रनोनिक्स सेन्टरबाट ३० हजार रुपैयाँ, भक्तपुर ठिमी लोकन्थलीस्थित शन्तकृष्ण हेकाको हेका किचेन स्टोर्सबाट ७० हजार रुपैयाँ र रुपन्देही बुटवलस्थित शारदा वाग्लेको राईजिङ स्पोर्टस् ग्यालरीबाट १ लाख ५० हजार रुपैयाँ चोरी गरेको अभियोगमा पक्राउ परेका थिए ।  अदालतबाट ५०र ५० हजार रुपैयाँ धरौटीमा छुट्नसाथ ति पाकिस्तानीले पुनः चोरी कार्य गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ ।  

Post a Comment

0 Comments