Subscribe Us

सिक्टा डुबाउने कालिकाको राष्ट्रिय गौरबका आयोजनामा दादागिरी

काठमाडौं । भेरी बबई आयोजना अन्तर्गत दोस्रो प्याकेजको ठेक्का प्रक्रियाको आशय पत्र जारी भए पनि केही निमार्ण व्यवसायी सो ठेक्का प्रभावित पार्ने खेलमा सक्रिय रहको रहस्य खुलेको छ । 


अर्बौंको भेरी बबई योजनाको दोश्रो प्याकेज अन्तर्गत बाँधस्थल निर्माणका लागि प्रक्रिया सुरु भएदेखि नै उक्त टेन्डरमा भाग लिने केही व्यवसायी आफूलाई नपरेपछि खारेज गर्न अनेक हतकण्डा अपनाउन थालेको रहस्य खुलेको हो ।



पूर्वमन्त्री तथा कालिका कन्ट्रक्सनका अध्यक्ष बिक्रम पाण्डे समूहले उक्त आयोजनाको टेण्डर पुनः गराउने चलखेलमा रहेको निमार्ण व्यवसायीहरूमा चर्चा चलेको छ ।  

प्राविधिक परिक्षणको छनौटमा परेका ५ वटा निर्माण कम्पनी मध्ये सबैभन्दा कम ६ अर्ब १२ करोडमा आफ्नो प्रस्तावना हालेको ग्वाँङ्डङ युन्टिन इन्जिनियरिङ कम्पनी र रमण जेभीको नाममा आशयपत्र जारी गरिए पनि दोस्रो स्थानमा रहेको कालिका कन्ट्रक्सनले उक्त ठेक्का  हत्याउन चलखेल गरिरहेको स्रोत बाताउँछ ।

ठेक्काको आर्थिक प्रस्तावनामा दोस्रो स्थानमा रहेको कालिका कन्ट्रक्सनले भेरी बबई राष्ट्रिय गौरवको आयोजना हत्याउने निहुँमा अनेक प्रपञ्च गरिरहेको कतिपय निर्माण व्यवसायीको आरोप छ । उसो त कालिका कन्ट्रक्सनले यसअघि ठेक्का हात पारेर गरेका काम पनि बिवादित बन्दै आएका छन् । 
 सिक्टा सिचाई परियोजना होस् वा हालै काठमाडौंलाई डुवानमा पार्न सघाउ पु¥याउने बागमती करिडोर ब्युटिफिकेशन आयोजना नै किन नहोस् । बीरगञ्ज, विराटनगर क्षेत्रको ढलमा कमशल काम गरेको आरोप खेपिरहेको यो निर्माण कम्पनीले बनाएको सिक्टा सिचाईको नहर परिक्षणकै क्रममा भत्किएपछि कालिका कन्ट्रक्सनका प्रमूख पाण्डेले जरिबाना सहित अख्तियारको कानुनी कारबाही समेत भोगिसकेका छन् । 
 २५ अर्बको सिक्टा सिँचाई आयोजनामा पाण्डेले ८ अर्बको घोटला गरेको अभियोग थियो ।  उक्त काण्डमा  कालिका कन्ट्रक्सनका अध्यक्ष पाण्डे सहित २१ जनालाई जरिवाना भएको थियो । सहरी विकास अन्र्तगतको ढल निर्माण अलपत्र पार्दा  बीरगंज डुबान पर्दै आएको छ । बाग्मती एकीकृत सभ्यता विकास करिडोरको काम अलपत्र पार्ने पाण्डे काम लिने तर पुरा नगर्ने ठेकदारको सूचीमा पर्दै आएका छन् । 

उक्त काम पुरा नभए पनि पाण्डेले कर्मचारीलाई घुस खुवाउँदै समय थप्दै आएका छन् । भूमिसुधार मन्त्री हुँदा अर्बौको घोटाला र कतिपय सरकारी जमिन आफ्ना आफन्तको नाममा दर्ता गराएको आरोप उनी माथि लाग्दै आएको छ । धरान–चतरा सडक खण्डमा समेत गुणस्तरहिन काम गरी कर्मचारीको मिलेमतोमा २ अर्ब भन्दा बढी घोटला भएको भन्दै पुनः पाण्डेबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको स्रोतले जनाएको छ । 
राष्ट्रिय गौरवको आयोजनामा गुणस्तरहिन काम गरेर बद्नामी कमाएका पाण्डेको कम्पनी कालो सूचीमा पर्नुपर्नेमा उल्टै पछिल्ला ठेक्का पट्टाको प्रतिस्पर्धी बन्दै आएको छ । 

पाण्डे राजनीतिक तथा आर्थिक चलखेल र दादागिरीको शैलीमा फेरि राष्ट्रिय गौरवको अर्को आयोजना भेरी बबईको ठेक्का हात पारेर ठूलो आर्थिक अनियमितता गर्ने खेलमा सक्रिय देखिएका छन् । नेपालको विकास आयोजनासँग जोडिएका चिनियाँ निर्माण व्यवसायीहरूले सरकार तथा आयोजनाले बेलैमा सचेत भएर कालिका जस्ता कम्पनीलाई नरोक्ने हो भने यसले समग्र निर्माण क्षेत्रसँगै राष्ट्र निर्माणलाई नै असर पार्ने बताउँन थालेका छन् । 

Post a Comment

0 Comments