Subscribe Us

डेजाभूका सञ्चालक श्रेष्ठ विमानस्थलबाट पक्राउ


काठमाडौं । हङकङबाट नेपाल आउँदै गरेका क्लब डेजाभूका सञ्चालक मनोज श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
श्रेष्ठलाई विमानस्थलमा रहेको इन्टरपोलको माइन्ड उपकरणको सहयोगमा पक्राउ गरिएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए । पोखरेलका अनुसार श्रेष्ठविरुद्ध काठमाडौं प्रहरी परिसर, टेकुको अनुरोधमा १५ माघ २०७५ मा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले डिफ्यूजन नोटिस जारी गरेको थियो ।
काठमाडौं प्रहरीका अनुसार श्रेष्ठले डेजाभुको अध्यक्ष पदमा रहँदा कम्पनीमा लगानी गर्न विश्वराम श्रेष्ठबाट २ करोड रुपैयाँ लिएका थिए । त्यसवापत उनले शेयर दिने बताएका थिए । सहमति अनुसार शेयर नदिएपछि उनले रकम फिर्ता मागे । श्रेष्ठले २ करोड बराबरको चेक दिए पनि बाउन्स भएपछि काठमाडौं प्रहरीमा बैंकिङ कसूरको उजुरी दर्ता भएको थियो । तर, उनी सम्पर्कमा थिएनन् ।

Post a Comment

0 Comments