Subscribe Us

रानीबारी हत्याकाण्डः को हुन् दुई लाख सुपारी दिने ?

काठमाडौं । चार बर्ष अगाडि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई ठूलो सफलता मिल्यो । १२ बर्षदेखि नसुल्झेको रानीबारी हत्याकाण्डका दुई अभियुक्त पक्राउ परे ।

सीआइबीसँगै नेपाल प्रहरीको सान बढ्यो । तत्कालिन समयमा पक्राउ परेका मनराज गुरुङ र प्रमेश चौहानलाई अहिले जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद गरिसक्यो । प्रहरीले पक्राउ गरेका व्यक्तिलाई अदालतले दोषी ठहर गरेपछि राज्यपक्षको जित पनि भयो । तर उक्त हत्याकाण्डका मुख्य अभियुक्त तथा मास्टरमाईन्ड को हो भन्ने कुरा भने आजसम्म खुलेको छैन ।

प्रहरीको अनुसन्धानको क्रममा दोषी ठहर भएका गुरुङ र चौहानलाई ‘कन्ट्रयाक्ट किलर’का रुपमा पस्तुत गरिएको छ । दुई लाख रुपैंया पैसाका लागि गुरुङ र चौहानले हेमन्त श्रेष्ठ र अञ्जली श्रेष्ठको हत्या गरेको दाबी सहित सीआइबीले मुद्दा दर्ता गरेको थियो । तर उक्त दुई लाख कसले दियो सो व्यक्तिको बारेमा प्रहरीले आजसम्म सुँईको पाएको छैन ।

अनुसन्धानको क्रममा दुई लाख दिएको र लिएको कहिँ कतैबाट खुलासा पनि हुँदैन । पक्राउ परेका दुई अभियुक्तले घटनामा पुरै ईन्कारी बयान दिएका छन् । प्रहरीले दुई लाख रुपैंयाको लागि हत्या भएको दाबी भने छाडेको छैन । प्रहरीको दाबी पुष्टि गर्ने कुनै आधार प्रमाण पनि छैन । गुरुङ र चौहानको पक्राउ गरेको चार बर्ष बितिसक्दा पनि नेपाल प्रहरीले रानीबारी हत्याकाण्डका मुख्य अभियुक्त र हत्याको कारण भने पत्ता लगाउन सकेको छैन ।

तत्कालिन समयमा पक्राउ परेकी घरबेटी भिनिएकी गीता खड्का अमेरिका पलायन भैसकेकी छन् । हिरासत मुक्त हुनसाथ उनी अमेरिका पलायन भएकी हुन् । स्रोतका अनुसार अमेरीका पलायन भएकी खड्का आजसम्म नेपाल आएकी छैनन् ।

हत्या भएकै घरमा बसेर अबैध तरिकाले म्यानपावरको धन्दा गर्दै आएकी खड्का सोही समयमा अमेरीका जानु  र आजसम्म नेपाल नआउनुलाई रहस्यम ढंगले हेरिएको छ । उनका पतिसमेत अहिले बेलायतमा अर्को बिहे गरेर बसेका छन् । तत्कालीन समयमा रेन्टुरेन्टमा बाउन्सरको काम गर्ने अभियुक्तद्वयले सुपारी लिएर सो हत्या गरेको प्रहरीको भनाई छ ।

३१ असार २०५९ मा कोठा भाडामा चाहियो भन्दै उनीहरूको घरमा पुगेर सुतिरहेका हेमन्त र अञ्जलीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा अहिले गुरुङ र चौहानले कैद भुक्तानी गरिरहेका छन् ।

Post a Comment

0 Comments