Subscribe Us

समाचारअनुसार नभएको खनालको भनाई


काठमाडौं । अपराधखबर डटकटमा प्रकाशित ‘मनोहरा जग्गा एकीकरणमा बेथितीः नयाँ पुर्जा लिन घुस’ शीर्षकमा प्रकाशित समाचारप्रति मनोहरा जग्गा एकीकरण आयोजनाका अमिन युवराज खनालले आपत्ति जनाएका छन् ।


उक्त समाचारलाई उनले खण्डन गर्दै भनेका छन्, ‘मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा प्रकाशित भएजस्तो यस मनोहरा जग्गा एकीकरण आयोजनामा त्यस्तो अनियमितता नभएको जानकारी गराउन चाहान्छु । मनोहरा जग्गा एकीकरण आयोजनाले जग्गा प्राप्ति र फिर्ता सम्बन्धमा प्रलिचत ऐन, नियम, कानुनको परिधिभित्र रही आयोजनाले नीति निर्माण गरेको छ । कुनै पनि जग्गाधनी, मोही तथा उपभोक्ताहरुले सो बमोजिम जग्गा फिर्ता पाउने व्यवस्था छ । सो व्यवस्था अनुसार आयोजनाको कुनै पदाधिकारी, कर्मचारीहरुले कुनै प्रकारको स्वविवेकीय अधिकार प्रयोग गर्न मिल्दैन र पाइँदैन ।’

उनले अगााडी भनेका छन्, …अमिन भएको नताले मेरो काम कर्तव्य र अधिकार आयोजनाको स्वीकृत नीतिअनुसार प्राविधिकले तयार पारेको स्वीकृत नक्सा अनुसारको जग्गा फिल्डमा नापजाँच गरिदिने मात्र हो । जग्गाधनी पूर्जा दिने मेरो अधिकारको विषय नभएको जानकारी गराउँदै उक्त समाचारले मेरो मानमर्दन र सामाजिक प्रतिष्ठामा आँच पर्ने जानकारी गराउँदै अब आइन्दा यस्ता समाचार लेख्दा थप सत्य तथ्य बुझि प्रकाशन गर्नुहुन अनुरोध गर्दछु ।’

Post a Comment

0 Comments