Subscribe Us

क्यासिनो मुखौटा, हुन्डीको धन्दा !


काठमाडौं ।  प्रहरी प्रशासनको आँखामा छारो हाल्दै क्यासिनो माजोङले नेपाली जुवाडेलाई क्यासिनोमा प्रबेश गराउँदै त्यहि आडमा हुन्डीको धन्दा समेत चलाउने गरेको रहस्य खुलासा भएको छ । क्यासिनोका सञ्चालक बिनोद श्रेष्ठले यस्तो धन्दा चलाउँदै आएको स्रोतहरूको दाबी छ ।

सोल्टी होटलमा रहेको क्यासिनो माजोङले विदेशमा जुवा खेल्न जाने नेपाली जुवाडेलाई होस् वा विदेशबाट नेपालमा जुवा खेल्न आउने जुवाडेलाई हुन्डीको माध्यमबाट पैसाको व्यवस्थापन गर्दै आएको छ ।

माजोङ क्यासिनोमा नेपाली जुवाडेलाई प्रवेश गराउन अहिले श्रेष्ठले नयाँ तरिका अपनाएका छन् । क्यासिनो रहेको भबनको अण्डरग्राउडमा प्रभेज नामक डिस्को सञ्चालनमा ल्याएर सोही डिस्कोबाट हुन्डी चलाउँछन् । जुन रिमोटले मात्र खुल्दछ । ढोकामा आर्ट डिजाईन गरिएको छ । प्रहरी मेन ढोकाबाट प्रवेश हुनासाथ क्यासिनो फ्लोरको बीचमा रहेको उक्त ढोका खुल्छ र नेपाली जुवाडे डिस्कोमा पुग्छन् । प्रहरीले राम्रोसँग अनुसन्धान गरे माजोङको उक्त ढोकाको रहस्य खुल्ने बताइएको छ ।

नेपाली जुवाडे छिराउनुका साथै माजोङले दिल्लीबाट नेपाल जुवा खेल्न आउनेलाई दिल्लीको लास्पद नगरमा अफिस खोलेरै पैसा कलेक्शन गर्ने र जुवा जित्नेलाई गैर कानुनी तरिकाबाट उतै पैसा उपलब्ध गराउँदै आएको स्रोत बताउँछ । जसको कारण क्यासिनोले कति पैसा जित्यो कति हा¥यो भन्ने रेकर्ड कतै हुँदैन ।
यो पैसाको बैकिङ कारोबार हुने हो भने देशलाई करोडौं रुपैंयाको राजश्व जम्मा हुन्थ्यो भने अवैध पैसाको कारोबारमा पनि बन्देज हुन्थ्यो । यति मात्र होईन माजोङ क्यासिनोले जुवा खेल्न विदेश जाने नेपालीलाई पैसाको समेत बन्दोबस्ती मिलाउँदै आएको छ ।

विशेषगरी सिक्किममा जुवा खेल्न जाने जुवाडेको पैसा क्यासिनो माजोङमै जम्मा हुने गरेको छ । सिक्किममा रहेको माजोङ क्यासिनोका मालिक विकास चाम्लिङको समेत सोल्टी क्यासिनोमा लगानी रहेको छ । चाम्लिङ सिक्कीमका पूर्व मूख्यमन्त्री पवन चाम्लिङका का छोरा हुन् ।  माजोङमा पैसा जम्मा भएपछि सिक्कीममा रहेको क्यासिनो माजोङलेले जुवा खेल्न निस्केका जुवाडेलाई झापाको भद्रपूरसम्मको टिकट र भद्रपुर विमानस्थलबाट सिक्कीमसम्मको गाडीको व्यवस्थापन गर्दै आएको छ ।

क्यासिनोमा लुटेको सम्पत्तीले नपुगेर अहिले श्रेष्ठले डिस्कोको नाममा ट्रान्स पार्टी समेत सञ्चालन गर्दै आएका छन् । उक्त डिस्कोमा दुई महिना अगाडि पूर्वगभर्नर तिलक रावलका छोरा विनय रावलमाथि कुटपिट समेत भएको थियो । कुटपिटबाट रावल गम्भिर घाईते भएका थिए । सुरक्षाका नाममा खटिएका बाउन्सरले उनीमाथि कुटपिट गरेका थिए ।

स्रोतका अनुसार क्यासिनो रहेको भवनमा सञ्चालन हुदै आएको प्रभेज डिस्कोमा अहिले कोकिनको कारोबार हुँदै आएको छ । डिस्को हङकङका जोनलगायत चार जनाले सञ्चालन गरे पनि यसका मुख्य पात्र भने श्रेष्ठ हुन् । उनको उक्त डिस्कोबाट कोकीन जस्ता महंगो लागूआषैधको कारोबार भए पनि प्रहरी बेखबर छ । पछिल्लो समय श्रेष्ठले व्यापारको नाममा क्यासिनो र डिस्कोलाई अवैध धन्दा गराउने सुरक्षित माध्यमको रुपमा लिएका छन् ।

क्यासिनोमा नेपालीलाई जुवा खेलाउन निषेध गरिएको छ । क्यासिनो नियमावली २०७० मा नेपाललाई जुवा खेल्न निषेध गरेको छ । नियमावली विपरीत सोल्टी होटलमा संचालित क्यासिनो माजोङले नेपालीलाई प्रवेश गराएर जुवा खेलाउने गरेको स्रोतले बताएको छ ।

Post a Comment

0 Comments