Subscribe Us

एनआरएनए निर्वाचनका लागि जिपी फाउण्डेशनको पाँच सदस्यीय समिति गठन


काठमाडौँ, ३१ साउन । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्यव परिषद्को निर्वाचनका लागि पाँच सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ ।

फाउण्डेशनका केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले संयोजक अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरेलाई तोकेसँगैै घिमिरेले पाँच सदस्यीय प्रचारप्रसार समिति विस्तार गर्नुभएको हो ।

प्रचारप्रसार समितिको सदस्यमा फाउण्डेशन संयुक्त अरब इमिरेटका संयोजक चित्रा केसी, फाउण्डेशन मकाउकी संयोजक निर्मला थापामगर, फाउण्डेशन जापानका संयोजक कुमार कार्की, फाउण्डेशन अष्ट्रेलियाका संयोजक रमेश छतकुली र फाउण्डृशन दक्षिण कोरीयाका संयोजक डा अग्निराज कोइराला हुनुहुन्छ ।
फाउण्डेशन अमेरिकाका संयोजक घिमिरेले परिषद्को निर्वाचनमा सक्षम, सवल र गैरआवसीय नेपालीको हक हित तथा दोहोरो नागरिकताको अधिकार प्राप्तीका लागि लड्ने उम्मेद्धारलाई निर्वाचनमा विजयी गराउन प्रचारप्रसार समिति लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

आउँदो अक्टोबर १३ देखि १६ मा काठमाडौँमा हुने निर्वाचनमा सहमति र सहकार्यमार्फत विश्वभरी छरिएर रहेका गिरिजाप्रसाद कोइराला फाउण्डेशनमा आवद्ध प्रजातन्त्रवादीलाई एकीकृत गर्न फाउण्डेशनले संयोजक घिमिरेलाई जिम्मेवारी दिएको हो ।

केन्द्रीय अध्यक्ष कोइरालाले फाउण्डेशनसँग सम्बन्ध सबै देशका अध्यक्ष एवं सदस्यलाई समेत चुनावी अभियानमा सहयोग गर्न आह्वान समेत गर्नुभएको छ ।

Post a Comment

0 Comments