Subscribe Us

कैदीमाथि हनुमान र माईलाको शासन

कारागारभित्र सुधार भन्दा पनि लुटतन्त्र मच्चिँदा मानसिक यातनाका कारण दुई जानले आत्महत्या गरेका छन् 

काठमाडौं । सुधार गृहको नाममा खोलिएका कारागार अहिले अपराध गर्ने अर्को थलो बन्दै गएको छ । कैद भुक्तानीमा कारागारमा रहेका केही कैदीका कारण सुधार गृह पछिल्लो समय आपराधिक गिरोहको कमाई खाने थलो बन्न पुगेको छ ।

कारागार भित्रै आन्तरिक प्रशासनको नाममा केही बैदीले अन्य कैदी बन्दीमाथी जंङीसाशन चालाउँदै आएका छन् । कारागारमा हुने चौकीदार र नाईकेको नाममा केही कैदीले सयौं बन्दीलाई शोषण गर्दै आएका छन् ।
कारागार भित्र ति कैदी बन्दीलाई सजाय कटाउन झन कठीन हुन पुगेको छ । कारागार सुरक्षामा खटिएका प्रहरी र कारागार प्रशासनको मिलोमतोमा आन्तरिक प्रशासनको नाममा केही कैदीले कारागारलाई अपराध गर्ने अखडामा परिणत गरेका छन् ।

पछिल्लो समय महोत्तरी जिल्लामा रहेको जलेश्वर कारागारमा चौकीदार हनुमान त्यागी भन्ने श्यामशुन्दर राय यादवको कारण त्यहाँका कैदी बन्दीको निद्रा हराएको छ । डाँका मुद्दामा कैद काटिरहेका चौकीदार हनुमानलाई नाईकेको पद, कर्तब्य ज्यान मुद्दाका अरुण कुमार झा, चनेरु उफ बिपी यादप, धनबिर सिंह, पप्पु ठाकुर, बलीराम महरा, र जबरजस्ती करणी मुद्दाका शुशिल महतको आपराधिक समुहले जलेश्वर जेलमा बितण्डा मच्चाई रहेका छन् ।

कैद भुक्तानी भएको दुई महिना भईसक्दा पनि हनुमान सामान्य जरिवान चुक्ता नगरी जेलमै राज चलाउन व्यस्त छन् । प्रति कैदी बन्दीलाई सरकारले २१ केजीको दरले चामल दिदै आए पनि यो समूहले कारागार प्रशासनसँग मिलोमतो गरी १७ केजीमात्र चामल कैदी बन्दीलाई उपलब्ध गराउँदै आएका छन् ।

अदालतबाट जेल चलान भएका या अन्य कारागारबाट सरुवा भई आएका कैदी बन्दीलाई यो समूहले प्रति व्यक्ति दश हजारको दरले रकम असुल्दै आएका छन् । यो आपराधिक समूहको कारण जलेश्वर कारागारका कैदीबन्दी थप मारमा परेका छन् । त्यस्तै दोलखा जिल्लाको कारागारमा चौकीदार कुमार माईला भन्ने हिक्मत खत्रीको आपराधिक समूहको मानसिक र शारिरक कारण दुई जनाले आत्महत्या गरिसकेको स्रोत बताउँछ ।

कारागारमा कुमार माईलालले कर्तब्य ज्यान मुद्दाका रामचन्द्र कार्की, पूर्णबहादुर भण्डारी र डाँका मुद्दाका पुकार जोशीको सहयोग लिएर जेलमा आंतक फैलाउँदै आएका छन् । जसका कारण दुई महिनाको अबधिमा दुई जनाले आत्महत्या गरेका हुन् ।

यो समूहको मानसिक र शारिरक तनाबका कारण गत १५ माघमा कर्तब्य ज्यान मुद्दाका च्याङ शेर्पा र गत १७ बैशाखमा कुटपिट मुद्दाका तरबिज तमाङले कारगार भित्रै आत्म हत्या गरे । जसको आन्तरिक प्रशासनको नाममा कारगार भित्र आपराधिक गतिबधि चलाउँदै आएको समुह भएको त्याहाका अन्य कैदीबन्दीले जेल जिवन पछि बताउँदै आएका छन् ।

Post a Comment

0 Comments