Subscribe Us

अवैध लागूऔषध सहित पक्राउ


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फ भन्सार कार्यालय अगाडिबाट कतार एयरवेजको फ्लाइटद्वारा दोहाबाट काठमाडौं आएका आइबेरीकोष्टका नागरिक राहदनी नम्बर १८ एटी ९५५१४ बाहक ३५ वर्षीय Marcel Guehi लाई अवैध लागूऔषध कोकिन १ किलो ६ सय ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
    काठमाडौं महानगरपालिका-९ गौशला पिंङ्गलास्थानबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम, डिजिटल तराजु २ थान, नगद ५० हजार रुपैयाँ र मोबाइल २ थान सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-२ घर भएका २५ वर्षीय हेम पाण्डे, उदयपुर त्रियुगा नगरपालिका-१० घर भएका २० वर्षीय निराजन घिमिरे र ललिपुर, ललितपुर महानगरपालिका-२२ बुङ्गती घर भएकी २७ वर्षीया अन्जना मालाकार रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
    यसैगरी काठमाडौं महानगरपालिका-२६ नर्सिङचोक ठमेलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम, डिजिटल तराजु र नगद ३५ हजार रुपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर फिदिम नगरपालिका-५ घर भएका २८ वर्षीय सुरेन्द्र गुरूङ र पाँचथर मिक्लाजुङ गाउँपालिका-४ घर भएका २८ वर्षीय पाल्देन तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
    मकवानपुर, भिमफेदी गाउँपालिकाबाट दोलखा वैदेश्वर गाउँपालिका-१ घर भई काठमाडौं बौद्ध बस्ने पासाङ लामालाई नियन्त्रित लागूऔषध फेनारगन ५० एम्पुल, डाइजोल्याब ५० एम्पुल र नोर्फिन ५० एम्पुल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५५२३ नम्बरको सुमो जाँच गर्ने क्रममा सुमोमा सवार लामालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Post a Comment

0 Comments