Subscribe Us

जुवा अखडा नियन्त्रण गर्दै एसपी कार्की

पोखरा । पछिल्लो समय राजधानी लगायत बिभिन्न जिल्लामा जुवा खेल्ने र खेलाउने धन्दा फस्टाएको छ । राजधानी काठमाडौं लगायत देशका व्यापारीक जिल्लामा जुवाको धन्दा फस्टाएको हो । 

यस्ता जुवा अखडामा प्रहरीले दिनहुँजस्तो छापा मारेर जुवाडेलाई कानुनको दायरामा ल्याएपनि फितलो कानुन व्यवस्थाको कारण जुवा अखडा भने नियन्त्रण हुन सकेको छैन । 

पछिल्लो समय पोखरामा समेत जुवा अखडा फस्टाएको छ । पोखरा आएका नयाँ एसपीले यस्ता जुवा अखडालाई नियन्त्रणमा ल्याउने प्रयास भने जारी राखेका छन् । 

यहि क्रममा कास्की प्रहरीले पछिल्लो २ दिनमा  ४ ठाउँ वटा जुवा अखडामा छापा मारेर २ लाख २१ हजार ९ सय ९० रुपैया नगद सहित ३४ जनालाई पक्राउ गरेको छ । 

गत शनिवार र आइतवार गरि पोखरा महानगरपालिका ५, ८, ३२ र १६ वडाबाट अवैध रुपमा जुवातास खेल्ने ३४ जना  पक्राउ गरेको हो । पक्रउ परेकालाई जुवा मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पोखरा महानगरपालिका ५ पर्स्याङ् स्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठामा शनिबार जुवा तास खेलीरहेको अबस्थामा ४ बुक तास सहित   कमला रानाभाट सहित  ८ जना व्यक्ति पक्राउ परेको प्रहरीले  प्रहरीले जनाएको छ  । उनीहरुको साथबाट प्रहरीले नगद १ लाख २१ एक्काइस हजार १ सय ४० रुपैया फेला पारेको छ  ।

त्यसैगरी शनिबार नै पोखरा ८ नागढुगा स्थित बालकृष्ण शर्माले संचालन गरेको निरज होटलको तेस्रो तल्लामा जुवातास खेलेको भन्ने गोप्य सुचनाको आधारमा ४ बुक तास  सहित  बालकृष्ण शर्मा सहित ७ जना व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । साथै उनीहरुको साथबाट प्रहरीले ६२ हजार ८ सय ३५ रुपैया बरामद गरेको छ ।

पोखरा ३२ झैरीचोक स्थित रामराज पौडेलको गोठमा जुवातास खेलाइरहेको  अबस्थामा आइतवार  ४ बुक तास सहित  रामराज पौडेल सहित ११ जनालाई पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ । उनीहरुबाट प्रहरीले ३२ हजार ८ सय १५ रुपैया बरामद गरेको छ ।

त्यसैगरी पोखरा १६ दिप स्थित दुर्गा घलेको घरमा प्रहरी टोलीले जुवा तास खेली खेलाईरहेको अबस्थामा ३ बुक तास, जुवातास खेल्ने खेलाउने दुर्गा घले सहित ८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ  । प्रहरीले उनीहरुको साथबाट  २५ हजार २ सय रुपैया बरामद गरेको जनाएको छ ।

Post a Comment

0 Comments