Subscribe Us

प्रहरी संगठनमा तक्माका लागि ताण्डव !

  • संगठनको सिफारिस भन्दा बाहिर गएर तक्मा भिरे सेनाले कारवाही गर्छ  


काठमाडौं । मुलक संघीय लोकतान्त्रिक गणतन्त्रमा पुग्दा पनि पञ्चायती र राणा शासनकै शैलीमा तक्मा वितरण गर्ने प्रचलन झन् बढेको छ । विभूषण ऐन २०६४ अनुसार राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका विशिष्ट योगदान पु¥याने व्यक्तिलाई राष्ट्रका तर्फबाट कदर तथा सम्मानस्वरूप मानपद्वी, अलंकार, तथा पदकजस्ता विभूषण तक्मा प्रदान गर्ने कानुनी प्राबधान रहेको छ । 

पछिल्लो समय तक्मा वितरण गर्दा यो कानुनी प्रावधानलाई पूर्णरूपमा बेवास्ता गरिदै आएको छ । अहिले काम गर्ने अधिकारीलाई भन्दा चाकडी गर्ने र तक्माको सही मुल्यांकन लगाउनेले तक्मा भिर्दै आएका छन् । 
तक्माको किनबेच अन्य क्षेत्रमा भन्दा बढी नेपाल प्रहरी र सशस्त्र प्रहरीमा चल्दै आएको छ । आगामी असोेज २ गते तथा गणतन्त्र दिवसको दिन घोषणा हुने र २०७७ बैशाख १ गते राष्ट्रपतीबाट बिभूषित गरिने पदकका लागि अहिले काम भन्दा हल्ला गर्ने प्रहरी अधिकृत उक्त तक्मा भिर्न दिन रात शक्तिकेन्द्र धाउन थालेका छन् । 

ति मध्य एक हुन सशस्त्र प्रहरीका एसएसपी गणेश ठाणा । पटक–पटक कारवाहीमा परेर ठाणा अहिले जनजातीको नाम भजाउँदै पदक भिर्नको लागि गृहमन्त्रालय लगायतका शक्तिकेन्द्र धाउन थालेका छन् । 
दुई महिना अगाडि ककनी तालिम केन्द्रमा कार्यरत रहँदा आइजीपी शैलेन्द्र खनालको छड्के चेकजाँचमा कार्यलयमा नभेटिएपछि कारवाहीमा परेका थिए । तत्कालीन समयमा उनलाई प्रधान कार्यालयले लिखित रुपमा स्पष्टीकरण सोधेको थियो । 

काममा लगाब नदेखिएपछि उनलाई प्रधान कार्यालयले दई नम्बर प्रदेश बाहिनी कार्यालयमा सरुवा गरेको थियो । हाल दुई नम्बर प्रदेश बाहिनीमा कार्यरत ठाणा पदक भिर्न बिदामा काठमाडौं आएका छन् । सोर्सफोर्सबाट पदकको सिफारिस प्रधान कार्यलयले नगरेपछि उनी अहिले गृहमन्त्रालयबाट नाम झुण्डाउने जनजातीको नारा लगाउन थालेको गृह स्रोत बताउँछ । 

संगठनले सिफारिस नगरेका व्यक्तिलाई राजनीतिक सिफारिसका भरमा दिएको तक्माले खासै अर्थ भने राख्दैन । तर पछिल्लो समय संगठनबाट सिफारिस नभएका, विदेशी मुलुकमा कार्यरत रहेका अधिकारीले समेत तक्मा भिर्दै आएका उदाहरण भने धेरै छन् ।

नेपाली सेनामा भने यसरी संगठनबाट सिफारिस नभएका व्यक्तिले राजनीतिक पहुँचको आधारमा तक्मा भिरेमा कारवाही गरिने चलन छ । जसको कारण संगठनबाट सिफारिस नभएका सदस्य तक्माको लागि जोडबल गर्दैनन् । तर नेपाल प्रहरी र सशस्त्र प्रहरीमा भने संगठन प्रमूखले सिफारिस नगरेका व्यक्ति, बिभिन्न समयमा कारवाहीमा परेका व्यक्ति, तथा बिदेशी मुलकमा काम गरिरहेका व्यक्तिले समेत तक्मा थाप्दै आएका छन् । जसका कारण तक्माकै बदनाम भएको छ । 

कामको आधारमा सिफारिस हुनु पर्ने तक्मा पहुँचको आधारमा सिफारिस हुन थालेपछि पछिल्लो समय बढुवाको लागि थपिने दुई नम्बर पनि काट्ने गरी प्रहरी ऐन संशोधन गर्न तयारीमा गृहमन्त्रालय लागेको छ । 
x

Post a Comment

0 Comments