Subscribe Us

भारतीय राजदूताबासद्धारा प्रशिक्षण कार्यक्रम सम्पन्न


काठमाडौँ, १२ भदौ । भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणले २०७६ भाद्र १०–११ सम्म भारतीय निर्यात–आयात बैंक (एक्जिम)का ऋण व्यवस्था सम्बन्धि नीति निर्देशन तथा प्रक्रियाहरुबारे दुई दिने प्रशिक्षण कार्यक्रमकोे आयोजना ग¥यो ।

उक्त कार्यक्रममा नेपाल सरकारका कूल २७ कर्मचारीहरुको सहभागीता थियो । भारतको एक्जिम बैंकका तीन वरिष्ठ विज्ञहरुले सो प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुभयो । सन् २०१९ जुनमा भारतमा आयोजित ७ औं ऋण व्यवस्था (एलओसी) समीक्षा बैठकमा नेपाल तथा भारत सरकारबीच भएको द्विपक्षीय समझदारीको हिस्साको रुपमा सो कार्यक्रम आयोजना गरिएको थियो ।

प्रशिक्षण कार्यक्रमको पहिलो दिन परियोजना पहिचान, पूर्वयोग्यता तथा टेन्डर प्रक्रिया, टेन्डर दस्तावेजको मूल्याङ्कन, मनोनयन प्रक्रिया, परियोजना कार्यान्वयन एवम् अनुगमन लगायत एक्जिम बैंकको ऋण व्यवस्थाका रुपरेखाबारे सामान्य परिचय दिइएको थियो ।

प्रशिक्षण कार्यक्रमको दोस्रो दिनको सत्रमा नेपाल सरकारका कर्मचारीहरुले नेपालमा भारत सरकारको ऋण व्यवस्थाको सहयोगमा सञ्चालित परियोजनाहरुमा संलग्न भारतीय ठेकेदारहरुलाई आयात÷निर्यात तथा घरेलु करसम्बन्धि जानकारी दिनुभयो । कूल २८ भारतीय ठेकेदारहरुले यस प्रशिक्षणमा भाग लिए ।

भारत सरकारको ऋण सहयोगमा निर्मित परियोजनाहरुमा काम गरिरहेका नेपाल सरकारका कर्मचारीहरुकोे भविष्य निर्माण क्षमताको प्रयासमा सहयोग गर्न पनि दुवै पक्ष सहमत भए ।

Post a Comment

0 Comments