Subscribe Us

दुईथान अटोमेटिक पेस्तोल तथा गोली सहित विप्लव कार्यकर्ता पक्राउ


काठमाडौं, ३२  साउन । महानगरीय प्रहरी बृत्त थानकोटले अटोमेटिक पेस्तोल २ थान र गोली २० राउण्ड सहित विप्लव कार्यक्रतालाई पक्राउ गरेको छ ।

 चन्द्रागिरी नगरपालिका(२ नागढुंगास्थित चेकप्वाईन्टबाट अटोमेटिक पेस्तोल २ थान र गोली २० राउण्ड सहित थानकोट प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी कुमार बिक्रम थापाले  ललितपुर कोन्ज्योसम गाउँपालिका(२ बस्ने अन्दाजी २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई पक्राउ गरेको  बताए ।

थापाका भने,ू  धादिङबाट काठमाडौं आउँदै गरेको बा।२ ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोला जाँच गर्ने क्रममा झोलाभित्र उक्त पेस्तोल तथा गोली लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो ।ू

 लामाको साथबाट उषा लेखिएको ९० एमएलको तेल रहेको बोतल २ थान, बाइनाकुलर १ थान, मोबाइल ५ थान तथा विभिन्न सम्पर्क नम्बरहरु भएको डायरी तथा कागजातहरु समेत प्रहरीले बरामद गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानवाट लामा विप्लव कार्यक्रता रहेको हुन सक्ने बताएको छ ।

लामालाई थप आवश्यक कारवाही तथा अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

Post a Comment

0 Comments