Subscribe Us

आइजीपी सर्वेन्द्र खनाल र सञ्चारकर्मी रवि लामिछानेबीच भेट, अनुसन्धानलाई सहयोग गर्न खनालको आग्रह



काठमाडौं, ६ भदौ । जिल्ला प्रहरी कार्यालयहरुको अवलोकन गर्ने क्रममा चितवन पुग्नु भएका नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले सञ्चारकर्मी रवि लामिछानेसंग पनि भेट गर्नु भएको छ ।

पत्रकार शालिकराम पुडासैनी प्रकरणको छानविनको क्रममा जिल्ला प्रहरी कार्यालय चितवनमा रहनु भएका सञ्चारकर्मी लामिछाने र आइजीपी खनालबीच करीब १५ मिनेट कुराकानी भएको बताइएको छ ।


भेटमा आइजीपी खनालले अनुसन्धानलाई सहयोग गर्न लामिछानेलाई आग्रह गर्नु भएको बताइएको छ । सञ्चारकर्मी लामिछानेले पक्राउ पर्नु पूर्व नै प्रहरीले गर्ने हरेक अनुसन्धानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

सञ्चारकर्मी लामिछानेलाई अनुसन्धानको क्रममा दोस्रो पटक थपिएको म्याद पछि आगामी आइतबार जिल्ला अदालत चितवनमा उपस्थित गराइदैछ ।

Post a Comment

0 Comments