Subscribe Us

नाराको महासचिवमा खनालको दावी, यस्ता छन् प्रतिवद्धताहरु.........


काठमाडौँ, १२ भदौ । नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सीको महासचिवमा युवा पर्यटन व्यवसायी शिशिर खनाल उठ्ने भएका छन् ।

नाराको भदौ २४ मा हुन लागेको निर्वाचनमा रेन्वो एडभेन्चर नेपाल प्रालिका सञ्चालक तथा युवा व्यवसायी खनालले महासचिव पदमा आफ्नो उम्मेद्वारी दिन लागेका हुन् ।

एक कार्याकाल कोषाध्यक्ष भएर नाराको कोषलाई बढाउनका साथै ¥याफ्टिङ व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन महत्वपूर्ण भूमिका खेलेका खनाल महासचिवमा उम्मेद्वारी दिन लागेका हुन् ।

महासचिव पदमा उम्मेद्वारी दिन लागेका खनालका प्रतिवद्धताहरु निम्नानुसार रहेका छन्  ।

नारा सचिवालयलाइ थप व्यवसायी मैत्री र व्यवस्थित बनाउने
¥याफ्टिङ्ग जाने पर्यटकहरुको सुचना राख्ने
पर्यटक ,गाइड लगायतका जलयात्रा गर्ने मानिसको बिमा गरिने
नारालाई कागज रहित बनाइने
व्यवसायीलाई व्यवसाय मैत्री तालिम दिने
विभिन्न देश विदेशमा जलयात्रा को बजारिकरण गरिने
अबैध जलयात्रालाइ रोक लगाउन पहल गरिने
रिभर गाइडहरूलाइ विभिन्न तालिम दिने
व्यवसायि विच सुमधुर सम्बन्ध बनाइ पर्यटन मैत्री बनाइने

स्थानीय, प्रदेश तथा संघिय सरकार सँग सुमधुर सम्बन्ध राखि निति नियम निर्माण मा पहल गर्ने

प्रत्येक प्रदेशमा १ नदि लाइ जलयात्रा लाइ अनन्त सम्म खुला राखेर जलयात्रा का लागि विश्व बजारमा बजारिकरण गर्न पहल गर्ने ।

अन्तरास्ट्रिय स्तरका जलयात्रा सम्बन्धि विभिन्न कार्यक्रम को आयोजना गर्ने

प्रत्येक वर्ष विशेष फाम ट्रिप आयोजना गरि जलयात्रा को विकास र बिस्तार गर्दै अगाडी बढ्ने

Post a Comment

0 Comments