Subscribe Us

पचास प्रहरी उपरीक्षक (एसपी)को सरुवा, मरासिनी महानिरीक्षकको सचिवालयमा (सूचीसहित)


काठमाडौँ, १३ भदौ ।  प्रहरी प्रधान कार्यालयले ५० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । शुक्रबार प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले ५० जना एसपीको सरुवा गर्ने निर्णय गरेका हुन् ।

सरुवा हुनेमा एसपी अच्युत प्रसाद पुडासैनी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी प्रधान कार्यालय युएन जगेडा नक्सालमा सरुवा भएका छन् भने प्रदेश नम्बर १ दंगा नियन्त्रण प्रहरी गण दुहबी सुनसरीबाट अनुरागकुमार द्धिवेदीलाई महानगरी दंगा नियन्त्रण प्रहरी गण काठमाडौंमा सरुवा गरिएको छ । सिन्धुपाल्चोकमा रहेका मुकुन्द मरासिनी प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् ।

Post a Comment

0 Comments