Subscribe Us

आफ्नै सासुलाई बन्चरो प्रहार गरेको अभियोगमा पक्राउ


काभ्रे, ३१  साउन । आफ्नै सासु ४८ वर्षीया धौमती सार्कीलाई धारिलो हतियार बन्चरो प्रहार गरेको अभियोगमा पाँचखाल नगरपालिका ९ बस्ने २३ वर्षीया सरिता सार्कीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बिवादको कारण सरिताले आफ्नै सासुलाई बन्चरो प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवतीस्थानबाट खटिएको प्रहरीले उनलाई बन्चरो सहित पक्राउ गरेको हो ।

घाइते धौमतीको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Post a Comment

0 Comments