Subscribe Us

‘सुकुटे विच’मा लागूऔषध कारोबार !

नेकपा अध्यक्ष प्रचण्ड बेलामौका जाने ठाउँमा प्रशासनलाई दबाबमा राख्न सक्ने भन्दै सञ्चालककै मिलोमतोमा लागूऔषधको कारोबार 

काठमाडौं । ‘सुकुटे विच’को नामले चर्चित सिन्धुपाल्चोको रिसोर्र्टमा लागूऔषधे कारोबार हुने गरेको खुलेको छ । शुक्रबार र शनिवार भिडभाड रहने उक्त रिसोर्टमा सञ्चालककै मिलोमतोमा लागूऔषधको कारोबार हुने गरेको हो । काठमाडौं उपत्यकालगायत देशका बिभिन्न जिल्लाबाट मनोरन्जनका साथै बिदाको सदुपयोग गर्न आन्तरिक र केही बाह्य पर्यटक सुकुटे पुग्छन् ।

त्यहि भिड मध्यबाट केही लागूऔषधमा फसेका दुव्र्यसनीलाई रिसोर्टका कर्मचारीले नै लागूऔषध उपलब्ध गराउँदै आएको स्रोत बताउँछ । बिषेशगरी उक्त रिसोर्टमा लोकल गाँजा र चरेशको कारोबार हुने गर्छ । यो बिषयमा उक्त रिसोर्टका केही कर्मचारीलाई ग्राहकले जानकारी गराउँदा समेत सामान्य रुपमा लिएका थिए । रिसोर्ट सञ्चालक र कर्मचारीकै मिलोमतोमा उक्त रिसोर्टमा गाँजाको कारोबार हुने गरेपछि ग्राहकको आग्रह पनि नजरअन्दाज गरिएको छ ।

ठमेलमा सम्पर्क कार्यालय खोलेर दुई दशक अगाडिदेखि सुकुटे रिसोर्ट चल्दै आएको छ । स्रोतका अनुसार उक्त रिसोर्टले कहिले काँही विदेशीलाई मात्र प्रवेश गराएर ‘ट्रान्स पार्टी’ समेत गर्छ । । ‘ट्रान्स पार्टी’ विश्वमै अबैध मानिन्छ । तर प्रहरी प्रशासनको आँखामा छारो हालेर पैसाको लागि सुकुटे संचालकले अबैध लागूऔषधको कारोबार सोही पार्टीमा गर्दै आएका छन् ।

लागूऔषधको धन्दाका साथै यो समूहले दैनिक लाखौ रुपैंयाँको कारोबार गरे पनि भ्याट बिल भने कुनै ग्राहकलाई पनि दिँदैन । प्रतिव्यक्ति २५ सय रुपैंया लिएर एक रात बस्न तथा सामान्य खानाको व्यवस्था सुकुटेले गरेको छ । शुक्रबार तीन सय र शनिबार दुई सयको हाराहारीमा उक्त रिसोर्टमा ग्राहकको भिड लाग्ने गर्छ । तर कुनै एक जनालाई पनि बिल भने रिसोर्टले दिँदैन । जसबाट दैनिक ३० देखि एक लाखसम्म राजश्व समेत यो रिसोर्टले छल्दै आएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डसमेत यो रिसोर्टमा स–परिवार आरम गर्न पुग्छन् । प्रचण्डमात्र होईन नाम चलेका जिल्लाका नेता देखि बिभिन्न दलका प्रभावशाली नेता समेत यो रिशोर्टमा पुग्ने हुनाले ति रिसोर्ट सञ्चालकले त्यसको फाईदा उठाउँदै रिसोर्टमा लागूऔषधको कारोबार देखि राजश्वछली समेत गर्दै आएको छ । सञ्चालकले प्रचण्ड बसेकै दबाबका आधारमा लागूऔषधको व्यापार गरेको बताइन्छ ।

Post a Comment

0 Comments