Subscribe Us

मनोहरा जग्गा एकिकरणमा बेथिती,
नयाँ पुर्जा लिन घुस

काठमाडौं । मनोहरा जग्गा एकिकरण आयोजनामा खटिएका केही कर्मचारीको कारण पेप्सीकोलाका सर्बसाधारण जग्गाधनीले अनाबाश्यक दुख पाएका छन् । करारमा नियुक्त भएका अमिन युवराज खनालको कारण सर्बसाधारणले दुःख पाएका हुन । 

लगभग आयोजनाको काम सकिएपनि करारमा नियुक्त भएका अमिन खनालको गलत नियतका कारण सर्बसाधारणले जग्गा फिर्ता पाएका छैनन् । 

त्याहाका जग्गाधनी र किसानले अस्थाई पुर्जा लिनलाई पनि अमिन खनाललाई घुस खुवाउने पर्ने अबस्था सिर्जना भएको एक स्थानियले बताए । 
खनालले मनोहरो जग्गा एकिकरण आयोजनाका प्रमुख रोशन शाक्य र अख्तियारलाई मिलाउनु पर्छ भन्दै अहिले सर्बसाधारण जग्गाधनी र किसानबाट नयाँ पुर्जा दिलाउने नाममा पैसा असुल्न थालेका छन् । गत सोमवार मात्र मनोहराको पारीपट्टी दिब्यश्वरी जग्गा एकिकरण आयोजनामा कार्यरत नायब सुब्बा देउमान कडरिया पचास हजार घुससहित पक्राउ परेका थिए । 

तिन बर्षे योजनालाई मनोहरा एकिकरण आयोजनाले दश बर्ष लगाएर पनि पुरा भने गर्न सकेको छैन । अन्तिम चरणमा पुगेरपनि सर्बसाधारणलाई अनाबाश्यक दुःख दिने काम आयोजनाका कर्मचारीले गर्दै आएका छन् । 

Post a Comment

0 Comments