Subscribe Us

टानको अध्यक्षमा सुवेदी उठ्ने, यस्ता छन् प्रतिवद्धता ......


काठमाडौँ, ११ भदौ । यही भाद्र २० मा  ट्रेकिङ एजेन्सिज एसोशियसन अफ नेपाल टानको ४१ औं साधारण सभाले दुई वर्षे कार्यकालको लागि नयाँ तेतृत्व चयन गर्दैछ ।

साधारण सभाको मिति नजिकिदै गर्दा नेतृत्वको लागि दौडधुप तथा चर्चापरिचर्चा ह्वातै बढेको छ । एक हजार ८ सय ट्रेकिङ व्यवसायहरुको छाता संगठन टानमा आवद्ध व्यवसायहरु बीच अध्यक्ष पदमा कसलाई ल्याउँदा टानको व्यवसायीक हित र समग्रमा पर्यटन क्षेत्रको प्रर्वद्धनमा सहयोग पुग्दछ भन्ने विषयले यतिवेला प्रमुखता पाएको छ ।

टान अध्यक्षमा चर्चाको अग्रतामा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष खुम बहादुर सुवेदी छन् । एक महिना अगाडी नै आफ्नो अपिल पत्र मार्फत अध्यक्ष पदको उमेदवारी घोषणा गरेका सुवेदी अहिलेसम्म टानमा भावी अध्यक्षको चर्चाको अग्रतामा रहेको व्यवसायीहरु वताउछन् । सुवेदी सँगै व्यवसायीहरु कुमार थापा र मुक्ती पाण्डेले पनि आफुलाई अध्यक्ष पदको उमेदवारको रुपमा प्रस्तुत गरि रहेका छन् ।


अध्यक्ष पदका दावेदारहरु यतिवेला आफ्नो प्यानल निर्माणमा जुटेका छन् । एक–दुइृ दिन भित्रै समुहगत रुपमा औपचारीक उमेदवार घोषणा गर्ने तयारीमा व्यवसायीहरु रहेको बुझिएको छ । यस पटक पनि विगतमा जस्तै दुईपक्षीय प्रतिस्पर्दा हुने देखिन्छ । चर्चामा अहिले जति देखिए पनि अन्तत दुई प्यानल मै समेट्न अग्रज व्यवसायीहरु क्रियासील छन् । एउटा समुहवाट सुवेदी र अर्को समुहवाट थापा वा पाण्डे मध्य एकजना अध्यक्षको उमेदवार हुने अवस्था रहेको व्यवसायीहरुको भनाई छ ।


सन २००९मा कार्यसमिति सदस्य, २०११मा कोषाध्यक्ष हुदै वर्तमान कार्यसमितिमा वरिष्ठउपाध्यक्षको जिम्मेवारीमा रहेका सुवेदी लामो व्यवसायीक अनुभव भएका, सहज, मिलनसार र सक्षम व्यवसायी मानिन्छन् । नेपाल भ्रमण वर्ष २०२० नजिकिदै गर्दा यस अभियानलाई समेत टेवा पुर्याउन सक्ने पात्रको रुपमा व्यवसायी सुवेदीलाई हेरिएको छ ।


यस्ता छन् सुवेदीका प्रतिवद्धता

सन् १९७४ मा स्थापित भएर अनगिन्ति आरोह र अवरोह पार गर्दै आजका दिनसम्म आइपुग्दा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानले व्यावसायिक, आर्थिक र सामाजिक रुपमा एउटा उचाइ मात्र हासिल गरेको छैन, यसले पर्यटनसँग सम्बन्धित अन्य थुप्रै संस्थाहरूभन्दा पृथक मूल्य र मान्यतालाई पनि स्थापित गर्न सफल भएको छ ।

हामी ट्रेकिङ व्यवसायीहरूको एकमात्र छाता संगठन टानको ४१ औँ वार्षिक साधारणसभा एवम् नयाँ कार्यसमिति निर्वाचन नजिकिइरहेको कुरा यहाँहरू सबैमा अवगत नै छ । इतिहास र वर्तमानलाई प्रतिविम्बित गर्ने ऐना मात्र होइन, यसको सुदूर भविष्य जोड्ने निरन्तरताको क्रम, व्यवसायिक हक, हित र सह–अस्तित्वका खातिर टानले परिलक्षित गरेका लक्षहरु हाँसिल गर्नका लागि नयाँ उत्साह र उमङ्गका पाइलाहरु उठान गर्ने महत्वपूर्ण शुभ मुहूर्त पनि हो, यो दिन । टानको विगत र वर्तमानलाई नियाँल्दा आगतमा एउटा सबल नेतृत्वको खाँचो टड्कारो रूपमा देखिएको छ ।

यसै पृष्ठभूमिमा हामीले सामना गरिरहेका यावत समस्याहरू समाधान गर्दै व्यावसायिक भविष्य सुनिश्चितताका लागि इमान्दार भई भूमिका निर्वाह गर्नसक्ने हैसियतमा तपशील बमोजिमका कार्यावलीका साथ टानको आसन्न निर्वाचनमा अध्यक्षको उम्मेदवारको रूपमा यहाँहरू सामु आफूलाई प्रस्तुत गर्न लागेको ब्यहोरा अवगत गराउँदछु ।


संगठनका तमाम सदस्यहरूमा भाइचाराको सम्बन्ध स्थापित गर्ने र सबैको सह–अस्तित्व स्वीकार गर्ने । वर्तमान अवस्थामा व्यवसायसँग सम्बन्धित समस्याहरु र तिनको समाधानप्रति समर्पित रहने ।

टानलाई व्यवसायीमैत्री बनाउनका लागि आन्तरिक व्यवस्थापन चुस्त राख्ने । नयाँ प्रविधिको प्रयोग गरी टानको सचिवालयलाई, अझ व्यवस्थित बनाइने । र, मितव्ययिताको सिद्धान्त अवलम्बन गर्ने ।

टानको आर्थिक पक्ष सबल बनाउनका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसँग सुमधुर सम्बन्ध स्थापित गर्दै व्यवसायीका हितमा आफ्नो भूमिका निर्वाह गर्ने ।

बैठकका निर्णयहरु सम्पूर्ण सदस्यहरुलाई शीघ्र एवम् पारदर्शी ढङ्गले सम्प्रेषण गर्ने ।

ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम ९टिम्स० को सान्दर्भिकता र औचित्यलाई गहन छलफल गर्ने । पूर्ववत् रूपमा यसको व्यवस्थापन कायम गर्नरगराउन सकिन्छ वा सकिँदैन भन्ने कुराको निक्र्यौल गर्ने । यदी सकिने हो भने ‘अनलाइन सिस्टम’को व्यवस्था मिलाउने अनाधिकृतरूपमा भइरहेको पदयात्रा व्यवसाय सञ्चालनलाई रोक्ने । ‘नो गाइड नो ट्रेकिङ’को अवधारणलाई कडाइका साथ लागू गर्ने÷गराउने । टिम्समार्फत प्राप्त हुने आम्दानीलाई पारदर्शी ढङ्गले उपयोग गरी प्रवद्र्धनात्मक क्षेत्रमा लगाउने ।

टिम्सलाइ एस वा नो गर्ने होरयदि टिम्सलाइ प्रभावकारी ढंगले लागु गर्न नसके ट्रेक्किंङ परमिटको सिद्दान्तलाइ लागु गर्नेर

मनास्लु र अन्नपूर्ण, सगरमाथा र गौरीशंकर, अन्नपूर्ण र मुस्ताङ क्षेत्रको पदयात्रा सञ्चालन गर्दा दुबै क्षेत्रको लागि अलग–अलग तिर्नुपर्ने प्रवेश शुल्कलाई एकद्वार प्रणालीका आधारमा एउटै अनुमति–पत्रमार्फत पदयात्रा सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन जोडदार पहल गर्ने ।

हिमाली क्षेत्रहरूमा मौसम सम्बन्धी आपतकालीन सूचना प्रदान गर्ने व्यवस्था मिलाउने र सम्भावित प्राकृतिक विपद् व्यवस्थापनका लागि बिभिन्न सरोकारवाला निकायहरूसित समन्वय गरी ठाउँठाउँमा आपत्कालीन आश्रयको निर्माण गर्ने ।

मजदुरहरुलाई ‘लेक लाग्ने’ समस्या सम्बन्धी आवश्यक तालिमहरुको व्यवस्था गर्ने र आपतकालिन अवस्थाहरुमा टान कार्यालयमा ‘क्राइसिस म्यानेजमेन्ट डेस्क’ खडा गरी आवस्यक सेवा उपलब्ध गराउने ।

व्यवसायलाई मजदुरमैत्री बनाउँदै मजदुरहरु दुर्घटनामा पर्दा दिइने क्षतिपूर्तिलाई सहजिकरणका लागि टानको तर्फबाट सामूहिक बीमा गर्न आवश्यक पहल गर्ने ।

टानका सदस्य कम्पनीहरुको व्यवसायको बजारीकरण र प्रवद्र्धनका लागि सहजकर्ताको भूमिका निभाउँदै आवश्यक सूचना उपलब्ध गराउने व्यवस्था मिलाइने ।

अन्तराष्ट्रिय स्तरको पदयात्रा तथा पर्वतारोहण सम्बन्धी मेला र सम्मेलनहरु नेपालमा आयोजना गर्नरगराउन पहल गरिने

Post a Comment

0 Comments