Subscribe Us

‘स्लिपर सेल’ शैलीमा गुन्डा नाइके
जेलमा बस्ने, दुबईबाट धम्क्याउने


व्यसायीलाई आतंकित पार्दै फिरौती उठाउने

काठमाडौं । निर्माण व्यवसायी शरद गौचन हत्याका मुख्य नाईके राजधानीका कुख्यात गुण्डा समिरमान बस्नेतले ‘स्लिपर सेल’ शैलीमा आपराधिक धन्दा चलाउने गरेको रहस्य खुलेको छ ।
गौचन हत्यालगायत बिभिन्न अपराधमा मुछिएका गुण्डा बस्नेतका एक दर्जन सहयोगी पक्राउ गरेपछि उनको आपराधिक यात्रा स्लिपर सेल शैलीमा अघि बढेको आधार भेटिएको छ ।

स्लिपर सेल भनेको अपराध पत्ता लाग्ने तर त्यसका नाइकेको पहिचान खुलाउन कठिन हुने आपराधिक गतिविधि हो । खासगरी यो आतंकवादीले प्रयोग गर्ने आधुनिक रणनीति मानिन्छ ।
यस्तो अपराधमा नाईकेसम्म पुग्न र आपराधिक जालो च्यात्न प्रहरीलाई ग्राहो हुन्छ । गुण्डा नाईके बस्नेतले यहि शैलीमा गिरोह परिचालन गरिरहेको प्रहरीले अनुमान गरेको छ ।

बस्नेतले यस्तो आपरधिक गिरोह नेपालमा मात्र नभई भारत हँुदै संयुक्त अरब इमिरेट्स (युएई)को दुबईसम्म पु¥याएको सीआइबीले फेला परोको छ । केही दिनदेखि दुबईबाट ठेकदारलाई ज्यान मार्ने धम्की आउन थालेपछि सीआइबीले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानबाट उक्त धम्की दिने कार्यमा नेपालबाट सहयोग गर्ने दुई व्यक्ति पक्राउ परेका थिए । जसको अनुसन्धानबाट गुण्डा नाईके बस्नेतको संलग्नता खुलेको हो । एक साता देखि बस्नेतलाई सिआइबीले पुनः कारागारबाट झिकाएर अनुसन्धान सुरु गरिरहेको छ भने दुबईबाट ठेकदारलाई धम्क्याउने जाबेद नामका व्यक्तिलाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरेको छ ।

नेपालमा पक्राउ परेका पबन खड्का र अर्का एक व्यक्तिको बयानबाट गुण्डा बस्नेत अनुसन्धानमा तानिएका थिए भने बस्नेतममाथि अनुसन्धान गर्दा दुबईबाट ठेकदारलाई धम्क्याउने  जाबेद नाम भएका व्यक्तिको पहिचान खुलेको छ ।

चन्दाका लागि निर्माण व्यवसायीलाई दुबईबाट धम्की दिँदै जाबेदले हुलाकी सडकको तीन प्रतिशत सेयरदेखि करोड रुपैयाँसम्म कमिशनको माग गरेका थिए । सीआइबीले व्यवसायीले दिएको फोन रेकर्डको आधारमा अनुसन्धान सुरु गरेको थियो ।

सीआइबीको अनुसन्धानबाट केही फोन दुबईबाट र केही इन्टरनेट फोनको प्रयोग गरी ठेकदारलाई धम्क्याएको अनुसन्धानबाट खुलासा भएको थियो । आपराधिक गिरोहले तत्कालीन निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हालतमा पु¥याइदिने भन्दै अन्य ठेकदारलाई धम्की दिन थालेपछि यो कुरा गृहमन्त्रालय हुँदै सीआइबीकोमा पुगेको हो ।

Post a Comment

0 Comments