Subscribe Us

एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद


काठमाडौं कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ४ स्थित बसपार्क ईलाकाबाट साउन २६
गते एपीएफ टोलीले करीव दुई लाख ३३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५३ गुल्म हेक्वा कैलालीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय कैलालीमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले साउन २६ गते करीव एक लाख २६ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

भन्सार छली अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ तौलीहवाबाट बरामद गरेको हो ।

बरामद लत्ताकपडा एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय भैरहवामा बुझाएको छ । यसैगरी पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका १६ स्थित भगुवा ईलाकाबाट साउन २६ गते एपीएफ टोलीले चोरीपैठारीको किराना सामान, ईलेक्ट्रोनिक्स सामान र मोटर पार्टस बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ना १९ प ७२७५ र ना ३४ प ३९७९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान तथा उक्त मोटरसाइकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय विरगञ्जमा बुझाएको छ । उक्त सामान तथा मोटरसाइकलको भन्सार दाखिला मुल्य करीव तीन लाख ५० हजार रुपैयाँ रहेको छ ।

Post a Comment

0 Comments