Subscribe Us

सरकारी छाप र कागजात नक्कली बनाउने दुई पक्राउ


काठमाडौँ, ३ भदौ । महानगरीय अपराध महाशाखाले सरकारी छाप र कागजात नक्कली बनाउने दुईजनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले मेजुकी जापानिज ल्याङ्गोइज इन्सिच्युटमा बसेर नक्कली छाप तथा कागजात बनाउने काठमाडौँका ३३ वर्षीय विनोद वरुवाल र ३३ वर्षीय रेनु लामालाई आज विहान पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले विगत केही समयदेखि काठमाडौँ उपत्यकाभित्र विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका महत्वपूर्ण कागजात नक्कली बनाउने गरेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकासँग प्रहरीले विभिन्न व्यक्तिको नाममा जारी भएको राहदानी १७ थान, डिलक्स लेखिएको विद्यार्थीको नामसहित भएको रजिष्ट्रर चार थान, विभिन्न कम्पनीको पेन ड्राइभ ११ थान, विभिन्न सरकारी कार्यालयको रवर छाप ३९ थान र विभिन्न व्यक्तिको नाममा रहेको प्रमाणपत्र बरामद गरेको छ ।

पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ । 

Post a Comment

0 Comments