Subscribe Us

गोँगबुको एक होटलमा दुई व्यक्तिको मृत्यु, मृत्युको कारण खुलेन


काठमाडौँ, ४ भदौ । टोखा नगरपालिका–९ गोँगबुस्थित मोरङ, पर्वत, धौलागिरी पोखरा होटल एण्ड लजमा दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

उक्त होटलको १११ नम्बर कोठामा मङ्गलबार राती होटलमा बस्न आएका चितवन चैनपुरका ३७ वर्षीय  यामबहादुर मगर र काभ्रेपलाञ्चोक पनौतीका २८ वर्षीय सवीना तामाङ बजगाईँ आज मृत दिउँसो अवस्थामा फेला परेका हुन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईँले मङ्गलबार राती सुत्न आएको दुवैजना आज दिउँसो २ बजेसम्म पनि नउठेपछि प्रहरीमा खबर आएको जानकारी दिनुभयो ।

दुवै व्यक्ति के कारणले मरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments