Subscribe Us

अध्यक्षसँग फिरौती माग्दा लोप्साङमाथी गोली प्रहार

काठमाडौँ । गुण्डागर्दी र फिरौती माग्ने लोप्साङ भन्ने मिलन तमाङलाई प्रहरीले गोली पक्राउ गरी नियन्त्रणमा लिएको छ । 
महानगरीय अपराध महाशाखाको टोलीले तमाङलाई काठमाडौँको स्वयम्भू बिजेश्वरीमाबाट नियन्त्रणमा लिएको हो । दुई गोली प्रहार गरी तमाङलाई नियन्त्रणमा लिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए । 

रामेछापका तमाङले टेलिफोनबाट गाउँपालिका एक अध्यक्षलाई दुई करोड माग्दै ज्यान मार्ने धम्की दिएपछि उनि बिरुद्ध प्रहरीकोमा उजुरी परेको थियो । 

रामेछाप मन्थली नगरपालिकाका तामाङले सोही जिल्लाको लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई धम्की दिएका थिए । काठमाडौँ  रहेर धम्की दिँदै आएका उनलाई पक्रन गएको महाशाखाको टोलीले गोली चलाएको हो ।

उनको घुँडामा दुई गोली लागेको महाशाखा प्रमुख एसएसपी थापाले बताए । प्रहरी टोलीलाई देख्नेवित्तिकै भागेपछि पक्रन उनमाथि गोली चलाइएको थापाको दाबी छ ।

मिलनसँगै उनका साथी अमृत तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरु गुण्डागर्दी र लुटपाटमा संलग्न रहँदै आएको प्रहरीले बताएको छ । प्रहरी अधिकारीका अनुसार अमृत र मिलन दुवै रामेछापका हुन् । गोली लागेका तामाङलाई उपचारका लागि वीरको ट्रमा सेन्टर लगिएको छ ।

Post a Comment

0 Comments