Subscribe Us

मोटरसाइकल चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ


काठमाडौं, १० भदौ । मोटरसाइकल चोरी मुद्धाका फरार प्रतिवादी काठमाडौं महनगरपालिका १२ टेकु बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका १ घर भएका २६ वर्षीय रविन नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ ४ गते काठमाडौं नागार्जुन नगरपालिका ४ सितापाईलाबाट लु ५२ प ८५०५ नम्बरको मोटरसाइकल चोरी कार्यमा संलग्न रहेका रबिन र मोटरसाइकल खरिद गर्ने भिम बहादुर सुनारलाई शनिबार ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रुपन्देही बुटवल बजारबाट पक्राउ गरेको थियो ।

उनीहरुलाई रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानको लागि वारदात स्थान महानगरीय प्रहरी वृत्त स्वयम्भू काठमाडौं ल्याउने क्रममा फरार भएका प्रतिवादी मध्येका रविन मंगलबार बिहानको समयमा काठमाडौं थानकोटस्थित सार्वजनिक सवारी साधनबाट फरार भएकोमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले मंगलबार दिउँसो काठमाडौं थानकोटमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

दुवै जनालाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त स्वयम्भू  पठाएको हो । 

Post a Comment

0 Comments