Subscribe Us

गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका सक्रिय, काँग्रेस नेतासँग भेटघाट


काठमाडौँ, १४ भदौ । नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखा सक्रिय भएको छ ।

पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्रीको नाममा स्थापित फाउण्डेशन अमेरिका शाखाले काँग्रेस गुल्मीका पूर्व सभापति एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष त्रैलोक्यप्रताप सेनसँग भेटघाट गरेको छ ।

भेटघाटमा नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङ, बाग्लुङ समाजका अध्यक्ष हरिप्रसाद शर्मा पौडेल, न्यूयोर्क च्याप्टरका अध्यक्ष अनिलराज पाण्डे, न्यूयोर्क च्याप्टरका संस्थापक सल्लाहकार हरिशचन्द्र हमाल, नेविसंघ नेता ज्ञानल थापालगायतको सहभागीता रहेको थियो ।

भेटघाटका लागि फाउण्डेशन अमेरिका कार्यालय पुग्नुभएका अतिथिलाई फाउण्डेशन अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य दावा शेर्पा र प्रेम पौडेलले स्वागत गर्नुभएको थियो ।

भेटका क्रममा उहाँहरुले फाउण्डेशनको भावि योजना हरुलाइ आफ्नो तर्फबाट सक्दो सहयोग, सहकार्य, सहमति र हातेमालो गरेर अगि बड्ने प्रण गर्नुभएको अध्यक्ष घिमिरेले बताउनुभयो ।

Post a Comment

0 Comments