Subscribe Us

मानवसेवा आश्रमलाई रु ३० हजार आर्थिक सहयोग


काठमाडौँ, २५ भदौ । नेपाल प्रहरीले मानव सेवा आश्रमलाई रु ३० हजार आर्थिक सहयोग गरेको छ ।

नेपाल प्रहरीको प्रहरी निरीक्षक १५५ औँ समूहले प्रहरी अधिकृत सेवाको ९ वर्ष पुरा गरी १० वर्ष पुरा गरेको अवसरमा मङ्गलबार साँझ मानवसेवा आश्रम सामाखुशीलाई उक्त सहयोग गरेको हो ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायव उपरीक्षक उमेश लम्सालले मानवसेवा आश्रम सामाखुशीका सञ्चालक सन्तोषी थापामगरलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा वृत्त प्रमुख लम्सालले वृद्ध, वृद्धालाई साक्षात भगवानको रुप सम्झेर सबैले आदार र सम्मान गर्नुपर्ने बताउनुभयो । आगामी दिनमा पनि नेपाल प्रहरीले वृद्ध, वृद्धालाई निरन्तर सहयोग गर्दै जाने उहाँको भनाई थियो ।

आश्रमका सञ्चालक थापामगरले सामाजिक काममा अनवरत लाग्ने नेपाल प्रहरीले वृद्ध बा, आमालाई सहयोग गरेको भन्दै प्रशंशा गर्नुभयो ।

नेपालका विभिन्न १५ जिल्लामा सञ्चालन गरिएको आश्रममा हालसम्म ८०० भन्दा बढीले आश्रय लिइसकेका छन् । विस २०८२ सालसम्म खुला आकाशमुनी कोहीपनि व्यक्ति बस्न नपरोस् भन्ने उदेश्य आश्रमले लिएको उहाँको भनाई थियो ।

Post a Comment

0 Comments