Subscribe Us

गोलढुङ्गामा गोली चल्यो, एक घाइते


काठमाडौँ, २७ भदौ  । काठमाडौँको तारकेश्वर नगरपालिका गोलढुङ्गामा प्रहरीको गोली प्रहारबाट एक व्यक्ति घाइते भएका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले गुण्डागर्दीमा सङ्लग्न साजन गुरुङलाई पक्रन खोज्दा गोली प्रहार भएको हो । गोली प्रहारबाट गुरुङ घाइते भएका छन् ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर  थापाले गोलढुङ्गास्थित फुलबारी रेष्टुरेन्टबाट पक्रन खोज्दा प्रहरीलाई आक्रमण खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

गोली प्रहारबाट घाइते गुरुङको वीर अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ । उनको खुट्टामा गोली लागेको छ ।

धादिङ घर भएका गुरुङ लामो समयदेखि गुण्डागर्दीमा लाग्दै आएका थिए । उनको साथबाट एक थान कटुवा पेस्तोल समेत बरामद गरिएको महाशाखाले जनाएको छ ।

Post a Comment

0 Comments