Subscribe Us

चालिस विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई सम्मान


काठमाडौँ, २८ भदौ । मध्यपुर ठिमी नगरपालिकामा मूल थलो भई उपत्यकाका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएको नेवार समुदायको संस्था शान्ति खलःले चालिस विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

ठिमीका बासिन्दाको हक, हितका लागि विस २०३६ सालमा स्थापना भएको खलःले विस २०७५ को एसईई परिक्षा उर्तिण गरेका विद्यार्थी तथा ज्येष्ठनागरिकलाई सम्मान गरेको हो ।

सम्मान हुनेमा ३० विद्यार्थी, आठ ज्येष्ठनागरिक र दुई संरक्षक सदस्य रहनुभएको छ । खलःको सरक्षक सदस्य हुनलाई रु एक लाख एक रुपैँया खलःलाई बुझाउनुपर्ने हुन्छ ।

यस वर्ष सुन्दरमान श्रेष्ठ ‘बागमती भाई’ र रमेशकाजी श्रेष्ठ संरक्षक सदस्य बन्नुभएको छ । यसअघि बालगोपालदास श्रेष्ठ, रमेशकुमार चाङ्गु भडेँल संरक्षक सदस्य बन्नुभएको थियो ।

विद्यार्थी र ज्येष्ठनागरिकलाई प्रदेश सभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले खादा, मेडल, प्रमाणपत्र र मायाको चिनो प्रदान गर्नुभयो ।

सांसद श्रेष्ठले नेवार समुदायको हक र हितका लागि शान्ति खलःले महत्वपूर्ण काम गरेको बताउनुभयो । “बेरोजगार व्यक्तिलाई आयमुलक तालिम प्रदान गर्न खलःले सहयोग पु¥याएको छ,”–उहाँले भन्नुभयो ।

विस २०३६ सालमा स्थापना भएको खलःमा हाल ४०० साधारण सदस्य, ४०० आजिवन सदस्य रहेको खलःका उपाध्यक्ष ईश्वरलाल श्रेष्ठले जानकारी दिनुभयो ।



Post a Comment

0 Comments