Subscribe Us

‘महिला आसरा सुधार केन्द्र’को उद्घाटन


काठमाडौँ, २९ भदौ । महिला लागूऔषध प्रयोगकर्ताको उपचारका लागि तिलगङ्गामा छुट्टै ‘महिला आसरा सुधार केन्द्र’को स्थापना गरिएको छ ।

नेपाल प्रहरी श्रीमती सङ्घको सक्रियतामा काठमाडौँ महानगरपालिका–८ तिलगङ्गामा स्थापना भएको केन्द्रको सङ्घकी अध्यक्ष प्रमिला खनालले आज उद्घाटन गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष खनालले विगतमा पुरुष तथा युवामा सीमित रहेको दुव्यर्सन समयसँगै महिला तथा युवतीमा फैलिएकाले उक्त केन्द्रको स्थापना गर्नुपरेको बताउनुभयो । लागूऔषधले प्रयोगकर्तामा मात्र नभएर परिवार, समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय जगतमा समेत आक्रान्त पारेको उहाँको भनाई थियो ।

अध्यक्ष खनालले लागूऔषधको समस्या समाधान गर्न कानून व्यवसायी र न्यायिक प्रयासका साथसाथै सुधार तथा उपचारको प्रयास आवश्यक रहेको औँल्याउनुभयो ।

काठमाडौँ महानगरपालिका–८ का जनप्रतिनिधी इन्दिरा भण्डारीले लागूऔषधको क्षेत्रमा महिलाहरु फँस्दै गएको भन्दै यसलाई कम गर्न सुधार केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

सङ्घका महासचिव महिमा शाहले पुरुषमात्र नभएर महिला लागूऔषध प्रयोगकर्तालाई पनि उपचारका लागि सुधार केन्द्र स्थापना गरेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा महिला आसरा केन्द्रको स्थापनमा सहयोग पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।


Post a Comment

0 Comments